लुटेराले जित्यो संजय दत्तको फिल्म पुलिस गिरि लाई


sanjay dutt cbnगएको शुक्रबार रिलिज भएका दुई हिन्दी फिल्ममध्ये ‘लुटेरा’ हिट भएको छ भने ‘पुलिसगिरी’ फ्लप। रणवीर सिंह र सोनाक्षी सिन्हा अभिनित ‘लुटेरा’ले बुधबारसम्म सवा २१ करोड भारु हात पारिसकेको छ।
‘लुटेरा चल्तीको भाषाअनुसार कमर्सियल फिल्म होइन, यसले बक्सअफिसमा तहल्का मच्चाउँछ भन्ने आशा पनि थिएन, त्यसैले यसले जति कारोबार गर्यो सन्तोषजनक छ,’ वितरक अक्षय राठीले भने। विक्रमादित्य मोत्वानेद्वारा निर्देशित यस फिल्मको बजेट २७ करोड रहेको बताइन्छ। ओ हेनरीको छोटो कथा ‘द लास्ट लिफ’मा आधारित यस फिल्मको स्याटेलाइट राइट्स १८ करोडमा बिक्री भइसकेको छ। त्यसैले निर्माताहरु फिल्मले फाइदा गर्ने कुरामा ढुक्क छन्।
सञ्जय दत्तको मुख्य भूमिका रहेको ‘पुलिसगिरी’ले चाहिँ अहिलेसम्म साढे ११ करोड भारुमात्र उठाएको छ। ‘यो एकदमै पुरानो ढर्राको फिल्म हो, दर्शक नयाँ कुरा हेर्न चाहन्छन्, यदि त्यस्तो नरहेमा दर्शकले फिल्मलाई तुरुन्तै नकार्नेछन्,’ फिल्म विश्लेषक कोमल नाहटाले भने।
३९ वटा तामिल फिल्म निर्देशन गरिसकेका केएस रविकुमार निर्देशक रहेको यस फिल्मले सिंगल थियटरमा सन्तोषजनक व्यापार गरे पनि मल्टिप्लेक्समा भने कुनै छाप छोड्न सकेन। ‘सञ्जय दत्त आफैं दर्शक तान्नसक्ने स्टार होइनन्,’ वितरक राठीले भने। सन् २००३ को तामिल फिल्म ‘स्यामी’को रिमेक यस फिल्ममा ४० करोड खर्च भएको अनुमान छ।

Copyright © 2012 - 2026 | All Right Reserved.