दुबईमा कन्सर्ट सकिएपछि नेपाल फर्कदै नेपथ्य टोलि


काठमाडौं । नेपथ्य टोलीले दुबईमा कन्सर्ट सम्पन्न गरेका छन्। आइतबार दुबईको अल नासेर लिजरल्याण्डमा नेपथ्यले तेस्रो पटक प्रस्तुति दिएको हो। अघिल्ला कन्सर्टहरू भन्दा यसपाली नेपथ्य फरक तरिकाले प्रस्तुत भएका थिए। ‘हो रामा रामा बोलको गीत गाउँदै नेपथ्यले कन्सर्ट सुरू गरेको थियो। उक्त गीत गाउँदा दर्शकहरू उफ्री उफ्री नाचेका थिए।

नेपथ्यले कन्सर्टमा ‘भेँडाको ऊनजस्तो, छेक्यो छेक्यो, लामपाते सुरती, चरी उफ्री उफ्री, यो जिन्दगानी, मै मरि जाउँला, नैना ताल, गाउँ गाउँबाट उठ, मै नाचे छमछमी, तालको पानी, रेशम, शिरफूल शिरैमा’लगायत गीतमा प्रस्तति दिएका थिए।

अन्तिममा ‘रातो र चन्द्र सुर्य ’ प्रस्तुत गरिरहँदा हलभरि जताततै साथीको काँधमाथि चढेर राष्ट्रिय झण्डा लहराई रहेका थिए। व्यवस्थापन, प्राविधिकलगायत १४ जनाको टोलीमध्ये ड्रमसेटमा गायक अमृत गुरुङ, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए। कन्सर्ट सकेसँगै नेपथ्य टोली कात्तिक २३ गते नेपाल फर्किने योजनामा छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.