सलोन र आमेशले तिहार तिहारमा दर्शक नचाउने



काठमाडौँ। आगामी कार्तिक ६ गते साँझ दरबार मार्गस्थित लिक्विड लन्जमा तिहार बिशेष कार्यक्रम आयोजना गरिने भएको छ । लिक्विड तिहार हंगामा विथ सलोन एण्ड आमेष लाइभ म्युजिक नाम दिइएको कार्यक्रममा अभिनेता सलोन बस्नेत र आमेश भण्डारीले गीत गाएर दर्शक झुमाउने छन् ।

बिहिबार राजधानीमा पत्रकार सम्मेलनकोे आयोजना गर्दै तिहार बिशेष कार्यक्रम गर्न लागिएको जानकारी दिईयो । उक्त कार्यक्रममा सलोनका अलवा एफटी ब्याण्डले पनि आफ्नो प्रस्तुती दिनेछ । पत्रकार सम्मेलनमा निर्देशक शेभित बस्नेतका साथमा सलोन, आमेष र ब्याण्डका सदस्य उपस्थित थिए ।

सलोन र आमेषले तिहार हंगामामा आफुहरुलाई धेरै भन्दा धेरै दर्शकका साथ मिल्ने विश्वास व्यक्त गरे । आफुहरु अहिले गायनको अभ्यास गरिरहेको भन्दा पत्रकार सम्मेलनमा नै गीत गाएर सुनाएका थिए । कार्यक्रम आयोजक संजीव लामाले राती ९ बजेबाट आयोजना हुने कार्यक्रम निकै रमाइलो र भव्य हुने जानकारी दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.