युएइका सेलिब्रेटी बिजनेसम्यान डाक्टर बु अब्दुल्हा नेपाल आउँदै



काठमाडौँ । नेपाल भ्रमण गर्न र केही ब्यापारिक भेट्घाटको लागी भोली बुधवार युनाइटेड अरब इमिरेट्स देखी डाक्टर बु अब्दुल्हा नेपाल आउने भएका छन । युनाइटेड अरब इमिरेट्सका पब्लिक फिगर डाक्टर बु अब्दुल्हा का २८७ कम्पनी तथा ७ वटा भन्दा बढी देशहरुमा लगानी गरेका छन । युनाइटेड अरब इमिरेट्सका सेलिब्रेटी मानिने डक्टर बु पछिल्लो समयमा दुबइमा आयोजना गरिएको ‘नेपाल टुरिजम टुर दुबइ २०२२’ मा उपस्थिती हुँदै गर्दा त्यहाँ उपस्थिती भएका नेपालीको उत्साह देखेर नेपालसँग पनि जोडिन चाहेको उनले बताए ।

डक्टर बु भोली नै पोखरा जानेछन, पोखाराको भेट्घाट पछी काठमाडौँ फर्केर पुन यहाँको भेट्घाट पछी दुबइ फर्कने छन् । ड्रिमहाई नेपालले आयोजना गरेको दुबइको ऐतिहासिक कार्यक्रम सफल हुनुमा हाल नेपालमा युनाइटेड अरब इमिरेट्स दुबइ देखी सोही स्थानका स्थानिय आउने क्रम जारी छ । यो हुँदै गर्दा कार्यक्रमले नेपालमा बिदेसी पर्यटन भित्राउन राम्रो भूमिका खेल्नेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.