ठूलो पर्दामा डेब्यु गर्दै अनिता



काठमाडौँ। एक दर्जन जति म्युजिक भिडियोमा अभिनयको गरि सकेकी अनिता गिरी अब ठूलो पर्दामा आफ्नो अभिनयको जादु झर्ने तयारीमा रहेकी छन् । खोटाङ् सिम्पानी स्थायी घरभई काठमाडौंलाई कर्मथलो बनाएर यो क्षेत्रमा लागि रहेकी उनि विगत ६ वर्षदेखि निरन्तर कला क्षेत्रमा काम गरि रहेकी छन् ।

सानैदेखि अभिनय र नृत्य भनेपछि हुरुक्क हुने उनको पहिलो गीतको भिडियो ‘वैगुनीले गएको थियो छोडेर’ रहेको थियो । त्यसयता ‘सजाए तिम्रो माया’, ‘लगन जुर्यो घरबार हुनलाई’, ‘तिम्रो साथ’, ‘केयर गर्दैनौ’, ‘तिमीलाई भुल्न’ जस्ता एक दर्जन भन्दा बढी गीतका भिडियोमा आफ्नो कुशल अभिनय पस्कि सकेकी छन् उनले । म्युजिक भिडियोमा अभिनयको तारिफ सँगसँगै थुप्रै अवार्ड पनि हात पारी सकेकी छन् ।

अब ठूलो पर्दातर्फ जम्ने तयारीमा लागेकी उनि विक्की महर्जनको चलचित्र ‘द आउट लेयर’मार्फत डेब्यु गर्दैछिन् । ओडिनल, डेरिमिल्क, नेपाल आइस लगायतका थुप्रै विज्ञापनमा पनि अभिनय गरी सकेकी अनिताले डेढ दर्जन जति फेशन र्याम्पमा पनि आफूलाई हिँडाएकि छ्न । अभियन क्षेत्रमा नै पूर्ण रुपमा समर्पित भएर लागेको बताउने उनि सबैप्रकारको भूमिकालाई न्याय गर्न सक्ने आफूमा खुबी रहेको दाबी गर्दछिन् । म्युजिक भिडियो र फेशन शो हरूमा तारिफ बटुल्न सफल अनिता ठूलो पर्दामा कत्तिको जम्ने हुन् त्यो त भबिष्यले नै बताउछ। तर, उनि भने पूर्ण तयारीका साथ आफू यो क्षेत्रमा आएको दाबी गर्दछिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.