हेमन्तको एकल सारङ्गी साँझमा झुमे बेलायतबासी नेपाली



काठमाडौँ । सारंगी बादक हेमन्त कान्छा रसाइलीको एकल सारङ्गी साँझमा बेलायतमा बस्ने नेपालीहरु झुमेका छन् । गायक, गीतकार तथा संगीतकार समेत रहेका रसाइलीको एकल सारङ्गी साँझ अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको हो । गैरआवासीय नेपाली संघ एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरको प्रमुख आतिथ्यतामा रसाइलीको एकल साँझको आयोजना गरिएको हो ।

मोना यूकेको निमन्त्रणामा बेलायत भ्रमणमा रहेका रसाइलीको त्यही क्रममा सारङ्गी साँझको आयोजना गरिएको हो । हालसम्म १२ हजारभन्दा बढी गीतहरुमा सारंगीका धुनहरु रेकर्ड गरिसकेका छन् भने ४ दर्जनभन्दा बढी गीतहरुमा स्वर, संगीत भरिसकेका गायक तथा सारङ्गीबादक रसाईलीको कार्यक्रम हेर्न ठूलो संख्यामा बेलायतमा रहेका नेपालीहरु पुगेका थिए ।

काँचो सुन्तला, कैले तिम्रो बन्न सकिनँ,पराइ ठानेपछिु, लगायतका दर्जनबढी हिट गीतका सर्जक समेत रहेका रसाईलीले लाई सारङ्गी साँझमा गीता पाइजा, बिमला श्रीसले साथ दिएका थिए । उनलाई वाद्यवादकतर्फ मिन गुरुङ मादलमा, देनेश गुरुङ बाँसुरीमा, कुमार गुरुङ हार्मोनियममा, दिप्सन बिक गितारमा, बिलन थापा अक्टोप्याडमा, तुलसी राना मादलमा र रेशम पाचयले ढोलक तबलामा साथ दिएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.