आनी छोइङलाई एआर रहमानको निम्तो,आनीले भारतीय कन्सर्टमा गीत गाउने


AR-Rahman-aani
(सेलिब्रेटी नेपाल) १९ असार-ओस्कार विजेता भारतीय संगीत निर्देशक एआर रहमानको निम्तोमा नेपाली गायिका आनी छोइङ डोल्माले भारतको पुनामा आउँदो साता हुने कन्सर्टमा गीत गाउने भएकी छन्। बौद्ध मन्त्रोचरणको निम्ति अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय गायिका आनी छोइङले आउँदो सोमबार पुनाको ओकवुड प्रिमियरमा हुने कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन्। उनलाई यसको निम्ति ओस्कार विजेता रहमानले व्यक्तिगत रूपमा निम्तो गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।‘उनी एआर रहमानको निम्तोमा आएकी हुन्,’ पुनाबाट प्रकाशित हुने सकाल टाइम्सले बुधबार अनलाइन संस्करणमा लेखेको छ,‘रहमानले हाल तयारीको क्रममा रहेको आफ्नो प्रोजेक्टमा सँगै काम गर्न आनीलाई निम्तो गरेका हुन्।’

सकाल टाइम्ससँगको अन्तरबार्तामा आनीले आफू बौद्ध मन्त्रोचरण र त्यससँग जोडिएका गीतको निम्ति परिचित भए पनि अन्य नेपाली वा भारतीय गीतसमेत गाउने गरेको बताएकी छन् ।यसअघि माघमा जयपुरमा भएको अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा आनीलाई निम्ता गरिएको थियो। सन् २०११ मा एनडिटिभीसँग कुरा गर्दै आनीले एआर रहमानसँग काम गर्ने इच्छा व्यक्त गरेकी थिइन्। ‘गुलजारजीका शब्दहरूले सोझै मेरो मुटुलाई छुन्छ,’ उनले भनेकी थिइन्, ‘कुनै दिन उहाँले मेरो गीत सुन्नुहुनेछ र कुनै दिन एआर रहमानजीले पनि मेरो गीत सुनेर मलाई आफ्नो प्रोजेक्टमा सामेल गराउनु हुनेछ भन्ने म कामना गर्छु।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.