सोनम कपुरको पारिश्रमिक ११ रुपैयाँ


Sonam-Kapoor
‘रांझणा’ फिल्मको सफलताबाट निकै उत्साहित भारतीय अभिनेत्री सोनम कपुरले आफ्नो अर्को फिल्म ‘भाग मिल्खा भाग’ बाट ऐतिहासिक सफलताको आशा गरेकी छन् ।अभिनेत्री सोनम कपुरले ‘भाग मिल्खा भाग’ मा काम गरेवापतको पारिश्रमिक जम्मा ११ रुपैयाँ लिएकी छन् ।बीबीसीसँगको अन्तवार्तामा उनले यो फिल्म महान ब्यक्तित्वमा आधारित ऐतिहासिक फिल्म भएको भन्दै यस्तो फिल्ममा पैसाले कुनै अर्थ नराख्ने बताइन् ।
‘भाग मिल्खा भाग’ प्रसिद्ध भारतीय धावक मिल्खा सिंहको जीवनमा आधारित छ । यसमा प्रमुख भूमिका फरहान अख्तरले निर्वाह गरेका छन् ।राकेश ओमप्रकाश मेहराद्वारा निर्देशित र प्रसून जोशीको लेखन रहेको यो फिल्म १२ जुलाईमा प्रदर्शनको तयारीमा छ ।‘रांझणा’ सोनम कपुरको ६ वर्षको फिल्म करियरमा पहिलो हिट फिल्म हो । ‘रांझणा’ मा उनीसँग तमिल फिल्मका अभिनेता धनुष मुख्य भूमिकामा छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.