
काठमाडौ । हिन्दू नारीको महान चाड हरितालिका तीजको अवसर पारेर  गायिका मोदिका निरौलाको ‘तीजआयो घुमेर’ बोलको तीज गीत सार्वजनिक गरिएको  छ । सार्वजनिक गीतमा गीतकार भुवन पौडेलको शब्द  तथा अनिल शाहीको संगीत संगै एरेञ्जपनि रहेको छ । 
मौसाबी क्रियशनको प्रस्तुतीमा बनेको भिडियोमा मोडल गीता ढुंगानाले छममछी ठुम्का लगाएकी छिन् । भिडियोमा गीताको साथमा गायिका मोदिकाको नृत्य देख्न सकिन्छ । गीतको शब्दअनुसार हरेक वर्ष घुमेर आउने तीज पर्वलाई भिडियोमा मज्जाले उतारिएको छ । भिडियोमा गीता र मोदिका धपक्कै बलेका छन् ।
ब्लुबेरी अडियो, भिडियो स्टुडियोटिमले निर्देशन गरेको म्युजिक भिडियोमा सोहन मानन्धरको सिनेमाटोग्राफी, इडिट तथा कलर रहेको छ । रेश्मा खड्कीको कोरियोग्राफी रहेको छ ।



							
							
							
							
							
							