नम्रता बनिन् इन्स्टाको ब्रान्ड एम्बास्डर



काठमाडौं। विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै सञ्चालनमा आएको इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एन्ड भिसा सर्विसेजको ब्रान्ड एम्बास्डरमा अभिनेत्री तथा मोडल नम्रता सापकोटा नियुक्त भएकी छन् । आइतवार एक कार्यक्रमबीच कन्सल्टेन्सी र नम्रताबीच सम्झौता पत्र आदान-प्रदान भयो । उनी ब्रान्ड एम्बास्डरमा नियुक्त हुनुअघि कन्सल्टेन्सीको नेपाल कार्यालय उद्घाटन गरिएको थियो ।

एजुकेशन कन्सल्टेन्सी एशोसियस अफ नेपाल (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले रिवन काटेर पुतलीसडकमा रहेको स्टार मलको चौथौं तल्लामा अवस्थित कन्सल्टेन्सीको उद्घाटन गरे । ब्रान्ड एम्बास्डरमा नियुक्त भएपछि नम्रताले आफूमाथि थप जिम्मेवारी थपिएको बताइन् । आफूले बोल्दा कसैको जीवन र करिअरसँग सम्बन्धि हुने भएकाले राम्ररी बुझेर, सोचेर र सम्झेर मात्र ब्रान्ड एम्बास्डर बन्ने निर्णय गरेको उनको भनाई छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.