बलिउडका चर्चित नायक सलमान खान अहिले अदालतको चक्करमा छन् । उनले आफ्ना विषयमा अदालतमा भइरहेका कारबाही प्रक्रियाका बारेमा जानकारी दिन वेबसाइट सञ्चालन गरेका छन् ।
सलमानले आफ्ना सम्बन्धमा अदातलमा भएका सम्पूर्ण काम कारबाहीका बारेमा उक्त वेबसाइटबाट नै सबैलाई जानकारी दिने बताएका छन् । उनले आफ्ना विषयमा अदालतमा भइरहेको कामकारबाहीका बारेमा आफ्ना शुभचिन्तकहरुलाई सबै जानकारी होस् भन्ने उदेश्यले यो वेबसाइट खोलिएको बताएका छन् ।
आफ्ना विरूद्ध अदालतमा दर्ता भएका सबै मुद्धाबारे उनले उक्त वेब साइटमा जानकारी दिनेछन् । उनले सञ्चालनमा ल्याएको नयाँ वेबसाइट हो, www.salmankhanfiles.com ।