गायिका बर्देवाले ल्याइन् ‘यो मुटुको…’



काठमाडौं– गायिका शर्मीला बर्देवाले नयाँ गीत ल्याएकी छिन्, – यो मुटुको धड्कन…। बर्देवाले शनिबार आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेको गीतमा रवि मल्लको शब्द, कल्याण सिंहको कम्पोज छ ।

प्रभु गुरुङको कोरियोग्राफी एवं निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियोमा मोडल द्वय सलिना थापा मगर र सरोज केसी फिचर्ड छन् । युकेका बिभिन्न स्थानमा यस भिडियो खिचिएको हो । पछिल्लो समय उत्कृष्ट निर्देशकको थुप्रै अवार्ड जितिरहेका बेलायत निवासी निर्देशक प्रभुले भिडियोमा प्रेम जोडीको सम्बन्धमा आउने आरोह–अवरोहलाई प्रस्तुत गरेका छन् ।

एसबी म्युजीक वर्ल्डको प्रस्तुति रहेको गीतको निर्माता सरोज परियार हुन् । सुदेश गौचन र नरबहादुर गुरुङ अथिति भूमिकामा रहेको भिडियोलाई सुमन श्रेष्ठले छायांकन र सम्पादन गरेका हुन् । गायिका बर्देवाले आफ्ना फ्यानहरुका लागि नयाँ कोसेली स्वरुप यो गीत ल्याएको बताएकी छिन् । उनले बिगतमा झै आफ्नो यो गीत पनि दर्शकस्रोताले मन पराउने विश्वास ब्यक्त गरेकी छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.