‘कलाकर्मी डाइजेष्ट’ को विमोचन, पाँच व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान २०७९’



काठमाडौं। कलाकर्मी मिडिया म्यानेज्मेन्टले प्रकाशन गरेको मासिक पत्रिका ‘कलाकर्मी डाइजेष्ट’ को पहिलो अंकको शनिवार काठमाडौंमा आयोजित एक समारोहमा विमोचन गरिएको छ ।काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, वरिष्ठ कलाकार हरिहर शर्मा, अभिनेता भुवन केसी, काठमाडौं जिल्ला अदालतका न्यायाधिस विश्वनाथ भट्टराई, काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेम नाथ ठाकुर, कलाकार निर्मल शर्मा, निर्देशक दीपाश्री निरौला, नागार्जुना एकेडेमीका प्रिन्सिपल सुनिल विक्रम सिजापतिसहितका व्यक्तित्वले उक्त पत्रिकाको पहिलो अंक विमोचन गरेका हुन् ।

कलाकर्मी मिडिया म्यानेज्मेन्टका लागि पत्रकार कृष्ण भट्टराईद्वारा प्रकाशित उक्त पत्रिकाको सम्पादक बबिता ढकाल हुन् । ६८ पृष्ठको उक्त पत्रिका हरेक महिना प्रकाशित हुनेछ ।

राजनीति, मनोरञ्ज, स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकुद, आर्थिक आदि क्षेत्रका विषयवस्तुहरु समेटिएको कलाकमी डाइजेष्ट पत्रिकाको विमोचन गर्दै काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले छापा माध्यमको गति कम भैरहेको अवस्थामा प्रकाशनमा आएको यो पत्रिकाले समाजलाई नयाँ दिशा दिने धारणा व्यक्त गर्नु भएको । उपमेयर डंगोलले आफूलाई मत दिएर स्थानिय निकायको निर्वाचनमा विजयी गराउनु हुने काठमाडौंवासीलाई धन्यवाद अर्पण गर्दै सम्पूर्ण नगरवासीको सहयोगले काठमाडौंलाई एक वर्ष भित्रै सुन्दर नगरको रुपमा विकसित गर्ने योजना रहेको बताए ।

समारोहमा उपमेयर डंगोलसहितका व्यक्तित्वले विभिन्न क्षेत्रमा अतुलनिय योगदान पुर्याउने पाँच जना व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान २०७९’ बाट सम्मानित गरियो । त्यसक्रममा वरिष्ठ कलाकार हरिहर शर्मा, शिक्षासेवी उत्तमकुमार सञ्जेल, सामाजिक अभियन्ता ताराबहादुर कुँवर, समाजसेवी तिलबहादुर कार्की तथा गीतकार अम्बिका गुरुङलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ‘कलाकर्मी सम्मान–२०७९’ द्वारा सम्मानित गरिएको हो ।

सम्मानित व्यक्तित्वको तर्फबाट आफ्नो धारणा व्यक्त गर्दै वरिष्ठ कलाकार हरिहर शर्माले कलाकारले कहिले पनि सम्मानका लागि काम नगर्ने तर यसरी अप्रत्यासित रुपमा सम्मानित हुन पाउँदा सधैं गौरवको महसुस हुने धारणा व्यक्त गरे । समारोहमा कलाकर्मी डाइजेष्टका प्रकाशक कृष्ण भट्टराईले विषम परिस्थितका बीच पत्रिकाको प्रकाशन प्रारम्भ गरेर पाठकलाई छापामाध्यमतर्फ पुनः आकर्षित गर्ने प्रयास गरेको बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.