सगरमाथामा पर्यटकलाई मनोरञ्जन दिने विशेष कार्यक्रम सम्पन्न



काठमाडौँ। विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिएको दिन मे २९ को सम्झनामा प्रत्येक वर्ष मनाइँदै आइएको एभरेष्ट डेमा बिभिन्न कार्यक्रम गरि मनाइएको छ। सन् १९५३का दिन तेन्जिङ नोर्गे शेर्पा तथा सर एडमण्ड हिलारीले पहिलो पटक सफल आरोहण गरेको दिनलाई एभरेष्ट डेको रुपमा विश्वभरि नै मनाइने गरिन्छ।

उक्त दिनको अवसर पारेर विगत एक दशकभन्दा लामो समयदेखि ‘पार्टी एट द टप अफ द वर्ल्ड’ भन्ने नाराका साथ वाह्य तथा आन्तरिक पर्यटन प्रबर्धनकाका कार्यक्रम, विभिन्न खेलकुद, सरसफाई कार्यक्रम, यस भेगका लोपन्मुख पशुपंक्षी तथा वन्यजन्तुहरुको संरक्षण, जलवायु परिवर्तनका साथै सोलुखम्बु क्षेत्रमा आउने पदयात्रीहरुको विभिन्न समस्याको समाधानमा सहयोग पुर्‍याउने गतिविधिहरु सञ्चालन गर्दै यो वर्ष पनि विशेष कार्यक्रम आयोजना गरिएको छ।

हरेक वर्ष सगरमाथा आरोहणका लागि देश तथा विदेशका विभिन्न ठाउँहरुबाट आएका पर्यटकहरुलाई मनोरञ्जन प्रदान गर्नका लागि यो वर्ष पनि उक्त कार्यक्रम आयोजना गरिएको हो।

नाम्चे युवा समूह तथा पार्टी एभरेष्ट इन्टरनेशनलको संयुक्त आयोजनामा मे २९ (जेठ १५ गते) सोलुखूम्बुको नाम्चेबजारस्थित हिमाल आधारभूत विद्यालयको प्रांगणमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सांगीतिक कार्यक्रम तथा डिजे सेसन सञ्चालन गरिएको पार्टी एभरेष्ट इन्टरनेशनलका पासाङ छिरिङ शेर्पाले बताए। कार्यक्रममा कलाकारहरु सुगम पोखरेल, मिलन नेवार, तृष्णा गुरुङ, सुवानी मोक्तान डिजे तेन्जिङ, विश्व दोङ, जेनी शेर्पा, छिरिङ वाङछु शेर्पाका साथै स्थानिय कलाकारहरुले पनि आफ्नो प्रस्तुती दिएका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.