काठमाडौं । टेलिभिजन कमेडी शो ‘कमेडी हब’को आजदेखिको प्रसारण स्थगित भएको छ । आज (बुधवार)देखि प्रसारणमा ल्याउने तयारी गरिएको शो अब अर्को सातादेखि शो प्रसारणमा आउने भएको हो ।
जेठ १८ गतेदेखि मात्र शो प्रसारणमा आउने यसका निर्देशक हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले जानकारी दिए । उनी फेसबुकमा लेख्छन् ‘आजदेखि प्रसारण हुने भनिएको ‘कमेडी हब’ १८ गते मात्र प्रसारण हुने जानकारी गराउनु पर्दा दुःख लागेको छ । १८ गते राति ८ बजे एपी वान टीभी ।’ निर्देशक घिमिरेले प्राविधिक तयारी नपुगेकाले शोको प्रसारण पूर्वनिर्धारित मितिबाट पछि सार्नुपरेको बताएका छन् ।
डेढ दर्जन हास्य कलाकारहरूलाई लिएर मिडिया हबले कार्यक्रम प्रसारणमा ल्याउन लागेको हो । हास्य कलाकार राजाराजेन्द्र पोखरेलको परिकल्पना रहेको कमेडी शो आउँदो बुधवारदेखि राति ८ बजे प्रसारण हुनेछ ।