डेढ दर्जन भन्दा बढी कमेडियनहरुको ‘कमेडी हब’ को प्रसारण बुधबारदेखि



काठमाडौं । माग्ने बुढा नामले परिचित अभिनेता केदारप्रसाद घिमिरेले निर्देशन गरेको कमेडी टेलिभिजन शो ‘कमेडी हब’ बुधबारदेखि प्रसारण हुने भएको छ ।सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शोका विषयमा औपचारिक जानकारी गराइएको हो । कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित हास्यविधाका चर्चित कलाकारले यो शोको शुभारम्भ गरे । एक दर्जनभन्दा बढी नयाँ पुस्ताका कमेडी कलाकारलाई लिएर मिडिया हबले कार्यक्रम निर्माण गरेको हो ।

शोमा माग्ने बुढा, राजा राजेन्द्र पोखरेल र हिमेश पन्त, सुवोध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीप तामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, संगम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, बेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरेले कमेडी पस्किनेछन् ।

जनकदीप पराजुलीको प्राविधिक निर्देशन, सागर प्रधानको डिओपी र फूर्वा शेर्पाको श्रृंखला निर्देशन रहने कार्यक्रममा नाटक, प्रहसन, स्ट्याण्डअप, प्यारोडी, हास्य कविताका विधा समेटिने जनाइएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.