‘एभरेष्ट डे’ को अवसरमा नाम्चेबजारमा सांगीतिक कार्यक्रम



काठमाडौं। विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिएको दिनको सम्झनामा प्रत्येक वर्षको मे २९ का दिन एभरेष्ट डे मनाइन्छ । सन् १९५३ को मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पा तथा सर एडमण्ड हिलारीले पहिलो पटक सफल आरोहण गरेको दिनलाई एभरेष्ट डेको रुपमा विश्व भरी नै मनाइने गरिन्छ

उक्त विशेष दिनको अवसर पारेर विगत एक दशकभन्दा लामो समयदेखि ‘पार्टी एट द टप अफ द वर्ल्ड’ भन्ने नाराका साथ वाह्य तथा आन्तरिक पर्यटन प्रवद्र्धनका साथै विभिन्न खेलकुद, सरसफाइ कार्यक्रमका साथै यस भेगका लोपोन्मुख पशुपंक्षी तथा वन्यजन्तुहरुको संरक्ष्ँण, जलवायु परिवर्तनका साथै सोलुखम्बु क्ष्ँेत्रमा आउने पदयात्रीहरुको विभिन्न समस्याको समाधानमा सहयोग पुर्याने गतिविधिहरु सञ्चालन गर्दै यो वर्ष पनि विशेष कार्यक्रम आयोजना गरिंदैछ ।

शुक्रवार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कलाकारहरु सुगम पोखरेल, मिलन नेवार, तृष्णा गुरुङ, सुवानी मोक्तान डिजे तेन्जिङ, विश्व दोङ, जेनी शेर्पा, छिरिङ वाङछु शेर्पाका साथै स्थानिय कलाकारहरुले पनि आफ्नो प्रस्तुत दिने छन् ।

हरेक वर्ष सगरमाथा आरोहणका लागि देश तथा विदेशका विभिन्न ठाउँहरुबाट आएका हजारौं पर्यटकहरुर्लाइ मनोरञ्जन प्रदान गर्नका लागि यो वर्ष पनि उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।

नाम्चे युवा समुह तथा पार्टी एभरेष्ट इन्टरनेशनलको संयुक्त आयोजनामा यही मे २९ अर्थात जेठ १५ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सांगीतिक कार्यक्रम तथा डिजे सेसन सञ्चालन गरिने पार्टी एभरेष्ट इन्टरनेशनलका पासाङ छिरिङ शेर्पाले बताएका छन् ।

उक्त कार्यक्रममा सोलुखूम्बुको नाम्चेबजारस्थित हिमाल आधारभूत विद्यालयको प्रांगणमा आयोजना हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.