सामाजिक कार्यका लागी ‘लण्डन टु पेरिस’ साइकल यात्रा गर्दै अभिनेता जोशी



काठमाडौं। अभिनेता तथा निर्माता बिक्रम डि जोशीले ‘लण्डन टु पेरिस च्यारिटी राइड’ गर्ने भएका छन् । लामो समयदेखि युकेमा बस्दै आएका जोशीले काभ्रेको धुलीखेलमा रहेको हेल्प नेपाल नेटवर्कले संचालन गरेको चिल्ड्रेन्स होम नामक अनाथालयका लागि आर्थिक सहयोग जुटाउने उद्धेश्यले २४० माइल (करिब ३८७ किमी) लामो साइकल यात्रा सुरु गर्न लागेका हुन् ।

२० मे अर्थात् आगामी शुक्रबारबाट सुरु हुने साइकल यात्रामा बिक्रमका साथमा शुलभ पन्त,सुशील प्रसाईं,मनोज श्रेष्ठ,प्रसिद्ध प्रधान,सुनील कार्की र लक्ष्मण गुरुङ छन् । सात जनाको सो साइकल यात्रीको टोली तीन दिनमा अर्थात् आइतबार पेरिस पुग्ने लक्ष्य लिएको छ । ‘हामीहरुले म्यानुअल साइकल (पाइडल घुमाउदै) मार्फत लण्डनबाट पेरिस पुग्ने प्लान गरेका छौं,’ अभिनेता जोशी भन्छन्, ‘यस खालको प्रयास पहिलोचोटी हुदैछ । साथीहरुले यसका लागि चार बर्षअघिदेखि प्लान गर्नुभएको हो । म भने बिगत तीन सातादेखि निरन्तर साइक्लिङ प्राक्टिस गरिराछु ।’

उलवीच अर्सेनल राइडर्स क्लव (डब्लुएआरसी) र नेपाल युथ एसोसिएसन युकेको आयोजनामा हुने साइकल यात्राबाट आफूहरुले कम्तीमा ५ हजार पाउन्ड (करिब पौने ८ लाख रु) संकलन गर्ने लक्ष्य लिएको उनले बताए । उनले यो अभियान सुरु भएदेखि बिभिन्न देशबाट ९८ जनाले करिब ३ हजार पाउण्ड सहयोग रकम उपलब्ध गराइसकेको बताउदै जोकोहीले पनि जस्ट गिभिङ डटकम (justgiving.com) नामक अनलाइनमार्फत रकम सहयोग गर्न सक्ने जानकारी दिए ।

‘ह्याप्पी डेज’,‘पासवर्ड’ र ‘हेल्लो जिन्दगी’ फिल्मका नायक जोशीले साइकल यात्राका क्रममा लाग्ने सम्पूर्ण खर्च साइकल यात्री स्वयम्ले ब्यहोर्ने बताउँदै अनाथालयको सहयोगका लागि गर्न लागीएको साइकल यात्रालाई साथ,सहयोग र हौसला प्रदान गर्न सबैमा आग्रह गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.