ह्युस्टनमा ‘हल्कारा’लाई उत्कृष्ट अवार्ड



काठमाडौं। नेपाली चलचित्र ‘हल्कारा : द पोस्टम्यान’ अमेरिकी सिनेमा महोत्सव वल्र्डफेस्ट ह्युस्टनमा उत्कृष्ट विदेशीभाषी सिनेमा घोषित भएको छ । विजयी भएसँगै चलचित्रले प्लाटिनम रेमी अवार्ड जितेको छ ।

महेश त्रिपाठीको मुख्य भुमिका रहेको सिनेमाबाट चिन्तन राजभण्डारीले सर्वोत्कृष्ट छायांकारको अवार्ड जितेका छन् । विक्रम सापकोटा निर्देशित सिनेमाबाट महेश त्रिपाठी अभिनेता विधामा मनोनयन भएका थिए । गाउँमा खबर र्पुयाउने एक चरित्रको कथा प्रस्तुत गर्ने सिनेमालाई विक्रम सापकोटाले लेखेका हुन् ।

सिनेमाको वर्ल्ड प्रिमियर पनि सोही फेस्टिभलमा भएको थियो । सिनेमालाई चाँडै नेपालका सिनेमा हलमा रिलिज गर्ने तयारी रहेको निर्माता रामकृष्ण पोखरेलले जानकारी दिए । आइसफल प्रोडक्सन र कालिपार स्टुडियोजको ब्यानरमा निर्माण भएको विनिता थापामगरको अभिनय छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.