नुवाकोटका थपलिया सार्क क्षेत्रीय बिर्लियन्स अवार्डद्वारा सम्मानित



नुवाकोट । सालको पातबाट बनेको विश्वकै ठूलो टपरीमा चौरासी ब्यञ्जन खानेकुरा पस्कने नुवाकोट लिखु –६ भट्टथोकका मास्टर सेफ नारायण बहादुर थपलिया सार्क राष्ट्रबाट प्रदान गरिने प्रतिष्ठित ‘सार्क क्षेत्रीय बिर्लियन्स पुरस्कार २०२२’द्वारा सम्मानित भएका छन् ।

शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित सार्क क्षेत्रीय बिर्लियन्स अवार्ड तथा सांस्कृतिक शिखर सम्मेलनमा थपलियालाई यो महत्वपूर्ण अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो । गत कात्तिक १७ गते थपलियाले अथर्व बिजनेस कलेज बाँसबारीमा आयोजित एक कार्यक्रममा ठूलो सालको पातको टपरीमा ८४ व्यञ्जन नेपाली खाना पस्किएर ख्याति कमाएका थिए । सार्क क्षेत्रीय बिर्लियन्स अवार्ड सार्कका आठवटा देशका विशेष प्रतिभा भएका बिभिन्न बिधामा सहयोग पुर्याएका ब्यक्तिहरुलाई प्रदान गरिँदै आएको छ ।

–सुनाखरी न्यूजबाट

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.