मोरङका नूतनले जिते ‘मिष्टर नेपाल २०२२’ को उपाधि



काठमाडौँ । मोरङका नूतन श्रेष्ठले ‘मिष्टर नेपाल वल्र्ड २०२२’ को उपाधि जितेका छन् । शनिबार साँझ आयोजित फाइनल प्रतिस्पर्धामा २६ वर्षिय श्रेष्ठले उपाधि जितेका हुन् । ३५ प्रतियोगीलाईपछि उपाधि जितेका श्रेष्ठले ५ लाख नगद सहित ‘मिष्टर वल्र्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गरेका छन् ।

श्रेष्ठलाई यस अघिका ‘मिष्टर नेपाल वल्र्ड’ विजेता डा. सन्तोष उपाध्यायले उपाधि हस्तान्तरण गरेका थिए । प्रतियोगितामा झापाका २३ वर्षिया अभिषेक चुँडाल फस्ट–रनरअप, काठमाडौंका २९ वर्षिय एलिस गिरी सेकेण्ड रनर अप भए । उनिहरुले क्रमश ५० र ३० हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै, कैलालीका २१ वर्षिय समिप शाही थर्ड रनरअप तथा मोरङका २७ वर्षिय विशाल कट्वाल फोर्थ रनर अप घोषित भए । उनिहरुले २० र १५ हजार नगद पुरस्कारका रुपमा प्राप्त गरेका थिए ।

प्रतियोगीतामा पूर्व मिष्टर नेपालद्वय डा. आयुष्मान घिमिरे र सन्दिप पोखरेल, पूर्व मिस नेपाल ईशानी श्रेष्ठ, अभिनेत्री ऋचा शर्मा, संचारकर्मी एवं अभिनेता सुरज सिंह ठकुरी तथा फोटोग्राफर राज भाई सुवाल निर्णायकको रुपमा रहेका थिए । प्रतियोगीतामा कुशल नहर्की पपुलर तथा एक्टिभ, डा. सुनिल खरेल पब्लिक च्वाइस, जीवन गिरी पर्सनालिटी, विकास गमाल ट्यालेन्ट, विशाल कट्वाल फोटोजेनिक, मानस घले फिजिक तथा प्रशन्न राई स्टाइल आइकन विधामा उत्कृष्ट ठहरिए ।
‘मिष्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता यस वर्षबाट नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको हो । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले प्रतियोगीता आयोजना गरिएको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.