ब्युटिसियन ट्यालेन्ट नेपालको ताज सुस्मिताले चुमिन



काठमाडौं। ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२’ सिजन ४ को उपाधि लतिलपुरकी मेकअप आर्टिस्ट सुस्मिता बज्राचार्यले जितेकी छिन् । काठमाडौंको नाचघरमा सम्पन्न ब्युटिसियनहरुबीचको सो प्रतिस्पर्धामा अरु १९ प्रतिस्पर्धीलाई पछि पार्दै सुस्मिताले मोष्ट ट्यालेन्टसँगै शिर्ष उपाधि चुमेकी हुन् । प्रतियोगितामा बेष्ट नेलआर्ट र बेष्ट फिगरसँगै फस्ट रनरअपको उपाधि गीत कुमारी आलेमगरले, बेस्ट हेयरसँगै सेकेन्ड रनरअपको उपाधि अस्ली केसीले हाँसिल गरे । उनीहरुले क्राउन, ट्रफीसँगै काठमाडौं पोखरा कुस्माको तीन दिनको टुर र विभिन्न उपहार प्राप्त गरे ।
यस्तै अन्य उपाधि तर्फ मोष्ट बब्लीसँगै पब्लिक च्वाईसको उपाधि रमा गुर्माछानले, भिवर्स च्वाईस र बेष्ट स्माईलको उपाधि मुना थापामगरले, मल्टी मिडिया, बेस्ट ड्रेस र फोटोजेनिक उपाधि रन्जिता थापाले, स्टाईलिस्ट र म्यानेजमेन्ट च्वाई अवार्ड सृजना कुँवरले हाँसिल गरे ।

रोज सिप विकाश तालिम केन्द्र र विलक्षण क्रियसन प्रा.लिद्धारा आयोजित सो प्रतियोगितामा बेस्ट हेयर स्टाईलिस अवार्ड शिखा थापाले, फ्रेन्डली अवार्ड करिश्मा थापामगरले, मोस्ट ब्युटिफुल अवार्ड ज्योती राउतले, मोस्ट पँचुअल अवार्ड सुष्मा सौरभले र मोस्ट इन्नोसेन्ट अवार्ड अर्चना कुमारीले प्राप्त गरे । यस्तै पर्सनालिटी अवार्ड सुमित्रा श्रेष्ठले, मेहन्दी आर्ट अवार्ड प्रीति झाले, इन्टेलिजेन्ट र क्याटवाक अवार्ड सकुन्तला अवालेले, सिभिलिटी अवार्ड शोभ महर्जनले, बेस्ट आईज अवार्ड प्रभा चौम्लागाईंले, बेस्ट स्किन अवार्ड रमीक्षा लिम्बुले हाँसिल गरे ।

जयन सुब्बा मानन्धरको कोरियोग्राफीमा सम्पन्न सो प्रतियोगिताको मुख्य निर्णयकमा अभिनेता यसराज गराच, निर्णायकमा डा. सरोज लामिछाने, मेकअप आर्टिस्ट तथा नेपाल चलचित्र प्राविधिक संघकी कोषाध्यक्ष गीता पौडेल, ब्युटिसिसियन तथा मोडल शिलास्मा हमाल, फेसन डिजाईनर गोमा अधिकारी धिताल र मोडल पिँकी जोशी थिए ।

विभिन्न क्षेत्रमा योगदान दिएका श्रष्टाहरुलाई समारोहमा सम्मानित गरियो । कार्यक्रममा अधिवक्ता तथा गीतकार राजेन्द्र शर्मा, संगीतकार राजेन्द्र बजगाईं, गायक अलिफ खान, म्युजिक भिडियो निर्देशक केशव राज भट्ट, मोडल निकिता पान्डे, सुनिता दाहित थारु, भिजुअल सम्पादक दिन्सन शाह, ध्वनी मिश्रण मनोज परियार सम्मानित भए ।

यसै गरी ब्युटिसियनहरु इन्दु आचार्य, गुड्डी जोशी, सोनी शाह, सुस्मिता दँगाल कार्की, रुबी महर्जन, सानुमैया ब्यन्जनकार, सानु नगरकोटी, समाजसेवीहरु गीता शेर्पा, सुन कुमारी श्रेष्ठ, रमा तिमिल्सिना, गीतकार गीता गिरी, कर्ण बीर पनि कार्यक्रममा सम्मानित भए । बागमती प्रदेश स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, आयोजक सोनी कारँजित, डब्बु क्षत्रीलगायतले सो सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा गायक अलिप खान, गायिका सरिता भारतीले गीत तथा, सुनिता दहित, भावना श्रेष्ठलगायतले नृत्य प्रस्तुत गरेका थिए ।

ब्युटिसियनहरुको प्रतिभा प्रस्तुति र ब्यक्तित्व विकाशको लागि चार वर्षदेखि यो प्रतियोगिता आयोजाना गर्दै आएको रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष सोनी कारँजितले बताईन् । कार्यक्रममाको संयोजकमा परिषी कारंजित, निर्देशकमा सुन्दर थापा, ब्यबस्थापकमा सरिता भारती र सञ्चालकमा अश्विनी कान्त झा थिए । ग्रान्ड फिनालेलाई अक्ली ग्लो कस्मेटिक, जाभिरा कस्मेटिक, एन प्लस, फाईटोम्याक्स केयर, जी सर्पोट्स, पियोर स्टाईलिस ब्युटी होम, द क्लिफ नेपाल, होटल बेन्जु कुश्मलगायतले सघाएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.