पत्रकार केशव भुललाई ‘युवा पत्रकारिता पुरस्कार’



काठमाडौं । पत्रकार केशव भुल ‘युवा पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच नेपाल प्रेस डटकममा कार्यरत वरिष्ठ सम्वाददाता भुललाई पुरस्कार प्रदान गरेको हो ।

भुल पत्रकारिताको माध्यमबाट युवाको क्षेत्रमा योगदान पुर्याएवापत पुरस्कारका लागि छनौट भएका थिए । युवा पत्रकारिता पुरस्कार कार्यविधि, २०७५ अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको छनौट समितिले भुल सहित चार जना पत्रकारलाई आर्थिक वर्ष २०७८र७९ मा प्रदान गरिने युवा पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

पुरस्कृत हुनेमा अन्य पत्रकारमा पुर्ण बहादुर खड्का, बसन्ती बास्तोला र सिताराम ओझा रहेका छन् । उनीहरु सबै जनालाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र मन्त्रालयका सचिव दामोदर रेग्मीले दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै पुरस्कृत गरेका हुन् । युवा पत्रकारिता पुरस्कारको राशी ५० हजार रूपैया रहेको छ । २०७५ सालदेखि युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष युवाको क्षेत्रमा कलम चलाउदैँ आएका चार–चार जनालाई पुरस्कृत गर्दै आएको छ । यस पटक पुरस्कार प्राप्त गर्नका लागि गत पुष १४ गते सूचना प्रकाशित गरेको थियो ।

यस्तै मन्त्रालयले १२ जना युवालाई राष्ट्रिय युवा प्रतिभाबाट सम्मान गरेको छ । जसमा विरेन्द्रनगर १२ सुर्खेतका हिमकुमारी उपाध्याय, बारपाक सुलिकोट ६ गोरखाका धिर्जबहादुर उपरकोटी, नरहरीनाथ एक कालिकाकोटका मंगल बहादुर विष्ट, भरतपुर १३ चितवनका सन्तोष वोटे, सुन्दरबहजार ६ लमजुङका कुसुम केसी रहेका छन् । यस्तै बकैया ४ मकवानपुरका सुमित्रा घिमिरे, देवचुली १६ नवलपरासी बर्दघाट सुस्ता पूर्वका राजन गौतम, विरेन्द्रनगर १ सुर्खेतका राज कुमारी पौडेल, शिवपुरी ४ नुवाकोटका राजाराम गुरुङ, रत्ननगर १५ चितवनका अशोक शर्मा र मालारानी ८ अर्घाखाँचीका खिम प्रसाद पन्थी रहेका छन् ।

संस्थातर्फ भने भानु १२ तनहुँको मिर्लुङ बहुउद्देश्यीय कृषि फर्म प्रालीे सम्मान प्राप्त गरेको छ । राष्ट्रिय युवा प्रतिभा सम्मानको राशी भने एक लाख रुपैयाँ रहेको छ । राष्ट्रिय युवा प्रतिभा सम्मान पनि युवा तथा खेलकुदमन्त्री गहतराज र मन्त्रालयका सचिव दामोदर रेग्मीले नै दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.