उदित नारायण झाको ‘स्वतन्त्र मन’ मा आर्यन र वर्षा (भिडियो)



काठमाडौँ। नेपाली पार्श्व गायनमा लोकप्रिय गायक उदित नारायण झाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। नेपाली चलचित्रका गीतहरुमा स्वर दिएर चर्चित बनेका झाको केहि समयको अन्तरालमा यो गीत सार्वजनिक भएको छ । डा.प्रकाश पौडेलको शब्द रचना रहेको गीतमा संगीत राज सागरको रहेको छ। ‘स्वतन्त्र मन’ बोलको रोमान्टिक गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउत फिचर्ड छन्।

राजन इशानको संगीत संयोजन रहेको गीत सुमधुर बनेको छ। डा.प्रकाश पौडेलको शब्दलाई संगीतकार राज सागरले न्याय दिन सफल बनेका छन्। गीतको अडियो अनुसार भिडियो पनि उत्कृस्ट बनेको छ। बिजेश र राजनले निर्देशन गरेको भिडियोलाई शिबराम श्रेष्ठले छायाँकन गरेका छन् । सार्वजनिक भिडियोलाई बिजेश पौडेलले सम्पादन तथा कलर गरेका छन्। सार्वजनिक भिडियोमा सुरेश काफ्ले ड्रोन पाइलट रहेका छन्। भिडियो डिआरपीपी क्रियसनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.