यादव भट्टराइको महिला हिंसाविरुद्ध गीति चलचित्रमा राजेश हमाल (फोटो फिचर)



काठमाडौं। चलचित्रमार्फत सामाजिक न्याय र आम मानिसको हक अधिकारको लागि आवाज उठाएर सर्वसाधारणको ढुकढुकीमा बसेका अभिनेता राजेश हमाल सोही मुद्दामा गीति चलचित्र मार्फत देखिने भएका छन्।

अभिनेता हमालको मूल विद्रोही भूमिकामा माधव न्यौपानेको गीत तथा कथामा बनेको ‘कठै म त कठै’ बोलको गीति चलचित्र छायांकन सम्पन्न भएको छ। काभ्रेको कुशादेवीमा छायांकन गरिएको गीत महिला हिंसाको विभत्स रुप बलात्कारविरुद्ध निर्माण गरिएको छ। सति प्रथामाथि बनेको चलचित्र ‘झोला’का निर्देशक यादव भट्टराईले निर्देशन गरेको गीति चलचित्रमा खुमन अधिकारी, देवी घर्ती र शान्तिश्री परियारले स्वर दिएका छन् भने मूल भूमिकामा महानायक राजेश हमालसँगै कलाकारहरु सुनिशा बजगाई, उमेश खड्का, लक्ष्मी गिरी र सरिता गिरी रहेका छन्।

विज्ञान प्रविधिको विकाससँगै मानिस यो चेतनासम्म आइपुग्दा पनि महिलामाथि हेर्ने पितृसत्तात्मक दृश्टिकोण आजका दिनसम्म पनि नबदलिएर महिलामाथि हुने नमिठो अत्याचारविरुद्ध गीत निर्माण भएको निर्देशक यादव कुमार भट्टराईले बताए।

अभिनेता हमालले सामाजिक अन्यायविरुद्ध फरक किसिमको गीतिचलचित्रमा काम गरेकाले यसले राम्रो सन्देश दिने बताए। ‘सामाजिक न्यायका लागि यो गीति चलचित्रले सकारात्मक सन्देश दिन्छ भनेरै यसमा काम गरेको हुँ,’ उनले भने। गीत २० देखि २५ मिनेटसम्म लामो हुने र पुसभित्र रिलिज गर्ने तयारी गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.