सेलिब्रिटी नेपाल कार्तिक ४- चलचित्र हरु हलमा लाग्दै उत्रदै गरि रहेको अहिलेको समयमा कुनै पनि चलचित्रले उल्लेख्य व्यापार गर्न सकिरहेको छैन। सुरुमै नायिका र निर्देशक बीच ठुलै विवाद परेको चलचित्र चन्द्रावतीमंगसिर ८ बाट हल मा लाग्ने पक्का भयको निर्माण स्रोत ले जानकारी गरायको छ। सेक्स सिनलाई लिएर केहि महिना अगाडी निर्देशक गिरी र नायिका खड्का विच ठूलै विवाद पनि भएको थियो । फिल्ममा सेक्स सिनलाई हाईलाईट गरेको भन्दै नायिका खड्काले निर्माण युनिट बिरूद्ध उजुरी समेत हालेको बताईएको थियो । गोसाईकुण्ड फिल्मस्को ब्यानरमा संजय बुलुनले निर्माण गरेको चन्द्रावती राजु गिरीले निर्देशन गरेका हुन् गिरीको यस अघि दिलमाया र बिन्दास प्रदशन भइ सकेका छन् राजेश हमाल, आयुष रिजाल, युना उप्रेती, रेजिना उप्रेती, शशी खड्का, कुशल थापा एलिजा रिजाल लगायतले अभिनय गरेका छन् । प्रेमकथामा आधारित यो फिल्ममा अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्धन्द र शिव शर्माले नृत्य निर्देशन तथा बनिश शाहको सम्पादन रहेको छ ।
सम्बधित पोस्टहरु
नेपाली चलचित्र ‘चित्रा’ प्राइम भिडियोमा वर्ल्डवाइड स्ट्रीमिङ, ४३ भाषामा सबटाइटल
काठमाडौं । घनश्याम लामिछानेको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘चित्रा’ अब विश्वभरका दर्शकले प्राइम भिडियो (अमेजन प्राइम भिडियो) मार्फत हेर्न सक्ने भएका छन् । वि.सं. २०८० सालको पुष २७ गते नेपालमा सार्वजनिक प्रदर्शनमा आएको यो...
‘माइतीघर’को अस्ट्रेलिया राइट्स महँगो रकममा बिक्री
काठमाडौ। मिलन तामाङको निर्देशन र रोहित अधिकारीको निर्माणमा तयार भइरहेको फिल्म ‘माइतीघर’को अस्ट्रेलिया राइट्स महँगो रकममा बिक्री भएको छ। आगामी दशैंको फूलपातिबाट विश्वभर एकसाथ प्रदर्शनमा आउने यो फिल्मको फस्टलुक अहिलेसम्म रिलिज...
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ‘विद्यालयस्तरका बालबालिकालाई देखाउनु उपयुक्त’: पाठ्यक्रम विकास केन्द्र
काठमाडौँ। नेपाली भाषा तथा नेपाली संस्कृतिको प्रवर्धन तथा श्रीवृद्धिमा योगदान दिने उद्देश्यले निर्माण गरिएको नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को निर्माण संस्थालाई नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको...
नागरिकता विधेयक पारित भएपछि अभिनेत्री रेखा थापाद्वारा गृहमन्त्री लेखकलाई बधाई
काठमाडौं। नेपालमा आमाको नामबाट सन्तानलाई नागरिकता दिन सकिने व्यवस्था सुनिश्चित गर्दै प्रतिनिधिसभाबाट पारित ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’ले ऐतिहासिक मोड लिएको छ। यसै सन्दर्भमा अभिनेत्री तथा सामाजिक अभियन्ता रेखा थापा...
गीतकार टेक तामाङ सांगीतिक साँझ,अन्जु,अस्मिता,राजेश पायल देखि डेभिड सम्म
काठमाडौंँ । गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५ जना वाद्यवादकसहित प्रत्यक्ष रुपमा गीतहरु प्रस्तुत गरिएको थियो । गीतकार संघ नेपालको...
बल्छी धुर्बेले चलचित्र बनाउँदै, घोषणा गरे ‘गोबर गणेश’
काठमाडौं । चलचित्र ‘गोबर गणेश’ निर्माणको घोषणा गरिएको छ । ‘गोबर गणेश’लाई कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गर्नेछन् । बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने चलचित्र माघ १ गते रिलिज हुनेछ । चलचित्रका कलाकार र लेखकबारे...