बोर्ड अध्यक्ष दाहालले गरे जम्काभेटको उद्घाटन



काठमाडौँ। नेपाली कला क्षेत्रका अधिकांश कलाकारहरुको जमघट भइरहने थलो अनामनगरमा सञ्चालनमा आएको ‘जम्काभेट’ रेस्टुरेन्टको उद्घाटनमा वरिष्ठ कलाकारहरुको उपस्थिती देखियो । सोमबार दिउँसो चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल सहित आधादर्जन बढी कलाकारहरु रेस्टुरेन्ट उद्घाटन गर्न पुगेका थिए।

रिबन काट्दै चलचित्र बिकास बोर्डका अध्यक्ष दाहालले पारिवारीक रेस्टुरेन्ट रहेको भन्दै केहिबेर अवलोकन गरे। यस्तै उनले ‘जम्काभेट’का सञ्चालक सन्तोष तिमल्सिना र निर्मल पण्डितलाई शुभकामनासँगै बधाई दिए । उद्घाटन समारोहमा चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, वरिष्ठ कलाकारहरु मोहन निरौला, कृष्ण मल्ल, चलचित्र वितरक गोपाल कायस्थ, चलचित्र निर्देशक सम्झना उप्रेती रौनियार, लोकगायक कृष्ण रेउले लगायतको उपस्थिती थियो ।

चलचित्र कलाकार संघका अध्यक्ष खड्काले अनामनगर कलाकारहरुको भेटघाट भइरहने स्थान भएकाले पनि जम्काभेट उपयुक्त ठाउँ हुने बताए । एक करोड माथिको लगानीरहेको उक्त रेस्टुरेन्टका सञ्चालक सन्तोष तिमल्सिना यसअघि बाजेको सेकुवामा म्यानेजरको रुपमा रहेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.