‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ जना भिड्दै



काठमाडौंँ । ‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने भएका छन् । आयोजक उमङ्ग क्रियसनले बिहिबार साँझ दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा ग्राण्ड फिनालेको प्रेस प्रिजेन्टेसन कार्यक्रमको आयोजना गर्दै प्रतियोगी सार्वजनिक गरेको हो ।

कार्यक्रममा १६ जना नै प्रतियोगीले रेड कार्पेटमा र्याम्पवाक गर्दै मिडिया तथा उपस्थित दर्शक माझ आफ्नो परिचय र भबिश्यको उदेश्य राखेका थिए । याक एण्ड यतिको लाल दरबार कन्भेन्सन सेन्टरमा आयोजना भएको कार्यक्रममा १६ जाना प्रतियोगीले आत्महत्या, यौन शिक्षा, महिनावारी, डेन्टल, महिला शशक्तिकरण, मानसिक स्वास्थ्य, बलात्कार, बालबालिकको शिक्षा लगायत बिभिन्न सामाजिक मुद्दाका बिषयमा बनाइएको २ देखि ३ मिनेट अवधिको भिडियो समेत प्रस्तुत गरियो ।

प्रतियोगीतामा १६ बाट अव शिर्ष १० छानिनेछन् । छनौटका लागि ५० प्रतिशत अंक प्रतियोगीले बनाएको भिडियो र ५० प्रतिसत आईएमई एपमा प्रतियोगीलाई प्राप्त भोटिङ हुनेछ । सोही एपबाट मिस ‘युनिभर्स नेपाल २०२१’को पिपुल्स चोइसमा भोटिङ गर्न सकिने र प्रतियोगीताको ग्राण्ड फिनालेको भिआईपी टिकट समेत प्राप्त गर्न सकिने आयोजकले कार्यक्रममा जानकारी दियो ।

प्रतियोगीताको ग्राण्ड फिनाले यहि अक्टोबर ३० अर्थात १३ कात्र्तिक शनिबार आयोजना हुनेछ । प्रतियोगीताको शिर्ष विजेताले १२ डिसेम्बरमा इजायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ‘मिस युनिभर्स’ का लागि उमङ्ग क्रियसनले गतबर्षबाट प्रतियोगी पठाउन थालेको हो । गतबर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की बिजेता अंशिका शर्माले गरेकी थिइन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.