गायक मानन्धरको पिताको निधन


काठमाडौं ।गायक सुरज मानन्धरलाई पित्रीशोक परेको छ । गायक मानन्धरका ७७ बर्षका बाबु हरि बहादुर मानन्धरको निधन भएको पारिवारिक श्रोतले बताएको छ । जती हेरुं हेरिरहुं लाग्छ तिमीलाई,बालुवाको घर्,मेरो भन्नु तिमी नै थियौ,पिडा भो रक्सी छुट्दा,तिमी मान नमान,हांगा सरी लाछिएर लगाएत गीतमा आवाज दिई सकेका गायक मानन्धर लामो समय देखि नेपाली गीत गायनमा सकृय छन । लामो समय देखि मधुमेह रोग बाट पीडित मानन्धरका पिताको अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

Copyright © 2012 - 2026 | All Right Reserved.