पूर्ण लिम्बुको ‘सँग सँगै’ सार्वजनिक (भिडियो)



काठमाडौँ । समाजसेवी गायकका नामले परिचित गायक तथा कलाकार पुर्ण लिम्बुको नयाँ गीत ‘सँग सँगै’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। प्रेम कृष्ण बजगाइको शब्द संगीत रहेको गीतमा पूर्णलाई गायिका रचना रिमालले साथ दिएकी छिन् ।

गीतले प्रदेशको जीवन त्यागेर अब आफ्नै देशमा रहेर गाउँघरमा भएको आफ्नो बाझो जमिनलाई हराभरा बनाउन आफ्नै श्रीमती संगै बस्ने निर्णय भएको भाव व्यक्त गर्दछ । छायाँकन र निर्देशन सुमन तामाङले गरेको म्युजिक भिडियोमा पूर्ण र मनिषा सुनुवार फिचर्ड छन । ओेएसआर डिजिटल को युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोमा हेमन तामाङको ड्रोन कलरिङ्ग र सम्पादन रहेकोछ ।

यसैगरी केही समय अगाडि रिलिज भएको संसार एउटा बगैचा बोलको गीतपनी रिलिज भएको छ । जुन गीतमा पूर्ण लिम्बुको स्वर र अभिनय रहेकोछ । धरान १२ स्थित होटल स्टारपुर्वीमा सम्पन्न भएको भिडियो सार्वजनिक कार्यक्रमका प्रमुख अतिथी निर्देशक मिलन चाम्स रहेका थिए ।

चाम्सले मोफसलमा यतिको भिडियो बन्नु खुशीको कुरा भएको भन्दै पूर्ण लिम्बुको साङ्गेतिक यात्राको सफलताको शुभकामना दिए । उनले उक्त भिडियोमार्फत गीत भन्दा पनि समग्ररुपमा एउटा फिल्मले जस्ता कथा प्रस्तुत गरेको भन्दै निर्देशक तामाङको खुलेर प्रसंसा गरे । कार्यक्रममा कलाकार , प्रेम सुब्बा , निर्देशक निर्माता तथा चलचित्रकर्मी महासंघ प्रदेश १ अध्यक्ष अरुण कुमार प्रधान , कलाकार निर्माता किशोर सम्बाहाम्फे , कलाकार दिनेश कोइराला लगयातहरुको उपस्थिती रहेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.