कमेडी टेली चलचित्र ‘चल्दैछ’ प्रसारणमा



काठमाडौं । कमेडी जनराको टेलिचलचित्र ‘चल्दैछ’ प्रसारणमा आएको छ । हरेक शुक्रबार साँझ साढे सात बजे बिएमएचडी र शनिवार सवा एक बजे बुढासुब्बाको अफिसियल यु ट्युब च्यानलमा प्रसारण भइरहेको छ। बुढासुब्बा म्युजिक सेण्टरको प्रस्तुतिमा निर्माण भएको टेलिचलचित्रमा माधव पण्डित, केशव सापकोटा, शुशीला निरौला (बिमली), अञ्जु रुवाली, मारिया कार्की, पीएल श्रेष्ठ, सुरज महर, प्रतीक गिरी लगायत कलाकारको अभिनय रहेको छ ।

मनीष गौतम र रिवाज दाहालको लेखन, नवराज गिरीको गीत र चेतन सापकोटाको संगीत रहेको टेलिचलचित्रमा गौरी मल्ल र चेतन सापकोटाको स्वर, किरण गिरीको सम्पदन, सम्राट थापाको पाश्र्व संगीत, श्रीकृष्ण श्रेष्ठको मोसन ग्राफिक्स र रंग तथा विशाल प्रजापतिको छायांकन रहेको छ । नवराज गिरी र सरस्वती गिरी निर्माता रहेको टेलिचलचित्रमा रत्न जोशीको निर्देशन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.