चर्चामा बिष्णु माझीको ‘चरी जेलैमा’ (भिडियो)



काठमाडौँ। लोकदोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत ‘जेलैमा हो जेलैमा, चरी जेलैमा मै छोरी रुँदै रुँदै बेसी मेलैमा’ यति बेलामा चर्चामा छ । गत साता सार्वजनिक भएको गीत यति बेला सामाजिक संजालमा भाइरल बनेको छ। यु ट्युबमा यो समाचार तयार पार्दा सम्म भिडियोले ३६ लाख बढी भ्युज पाई सकको छ। टिकटकमा यस गीतको भिडियो बनाउनेको संख्या पनि धेरै छ।

‘पुतलीको भट्टी’ भाग १७ का रुपमा यस गीत ल्याईएको हो । यसअघि ‘पुतलीको भट्टी’ भाग १६ सम्म सार्वजनिक भईसकेको छ । सुन्दरमणी अधिकारीको शब्द संगीत रहेको ‘चरी जेलैमा’मा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन रहेको छ ।

शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणीले नै भिडियोको निर्माण एवं निर्देशन गरेका हुन् । शिव बि.क.को कोरियोग्राफीको पनि यति बेला तारिफ भई रहेको छ। सपना म्युजिक इन्डष्ट्रिजको युट्युबमार्फत सार्वजनिक गीतको भिडियोमा ललिता पौड्यालको अभिनय छ । शम्भु चालिसेको छायाँकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।

तीज संस्कृतिको अन्तर्यलाई झल्काउँदै विवाहित चेलिको वेदनालाई यस गीतमा प्रस्तुत गरिएको छ । खासगरी श्रीमान खराव पर्दा चेलिले पाउने पीडाहरुलाई गीतमा व्यक्त गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.