‘युगल पोट्रेट फोटोग्राफी प्रतियोगीता २०२१’ को उपाधि विवेकलाई


काठमाडौं। १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको ‘युगल पोट्रेट फोटोग्राफी प्रतियोगीता २०२१’ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटो ग्राफर हुन् ।

फोटो व्यावसायीहरुको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरुको सम्मानका साथै नेपाली फोटोग्राफीलाई अन्तराष्ट्रियमाझ पुर्याउने उद्देश्यले प्रतियोगीता आयोजना गरिएको फोटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले बताउनुभयो । प्रतियोगीतमा ३८ जिल्लाका ३ सय ६६ जना फाटोग्राफरले पठाएका ५ सय १३ वटा फोटोले सहभागिता जनाएका थिए । प्रतियोगिताको संयोजको रुपमा सिनियर ल्याब टेक्निसियन हरि बहादुर पाण्डे, निर्णायक मण्डलहरुमा संयोजक वरिष्ठ फोटोग्राफर योगेन्द्र जंग बस्नेत, रिपब्लिक अफ ट्रिनेड एन्ड टोबाको का वरिष्ठ फोटोग्राफर जेम्स बि सोलोमन, भारतका फोटोग्राफर किगन डेनिस रहेका थिए ।

कार्यक्रममा माउन्टेन फोटोग्राफीका बादशाह जगदिश तिवारीले यस किसिमका प्रतियोगीताबाट नेपाली फोटोग्राफरहरुको व्यावसायीकतलाई महत्वपुर्ण सहयोग पुग्ने बताए । अघिल्लो वर्ष फोटोपसलले कोभिड १९ फोटो प्रतियोगीता जनचेतनामुलक र फ्रन्ट लाईनमा खटिएका डाक्टर, नर्स, सुरक्षाकर्मी, र पत्रकारहरुको सम्मानमा संचालन गरेको थियो ।

Copyright © 2012 - 2026 | All Right Reserved.