निकिसा, प्रिया र प्रमिसा एसईई सुन्दरी घोषित



काठमाडौँ। अभ्यानी प्रोडक्सनको आयोजनामा सुरक्षा मापदण्ड अपनाउंदै मिस्टर एण्ड मिस नेपाल एसईई २०२१ को ग्राण्ड फिनाले काठमाडौमा समपन्न भएको छ । उक्त आयोजनमा मिस तर्फको उपाधि निकिसा खड्काले चुमेकी छिन् साथै उनले मिस क्याटवाक उपाधि पनि हात पारिन्। प्रिया गौतमले फस्ट रनर अप र वेस्ट फिगरको उपाधि हात पारिन्। त्यसैगरी प्रमिसा सेजुवाल सेकेन्ड रनर अप हुन सफल भएकी छिन्।

मिस्टर तर्फको उपाधि भने सविन निरौलाले जिते, उनले मिस्टर मल्टिमिडिया र ह्यान्डसम विथ परपोस को उपविधा पनि जित्न सफल भएका छन्। फस्ट रनर अपको उपाधि अपुर्व गौतमले जितै साथै उनले मिस्टर ट्यालेन्ट पनि हात पारेका छन्। त्यसैगरी रिन्जिन स्यानंबोले सेकेन्ड रनर अप उपाधि हात पारे र भ्युअर्स च्वाइस अवार्ड पनि जितेका छन्।

प्रोभिन्सतर्फको उपाधिमा प्रोभिन्स १ मा पेमा डोल्मा तामांग, प्रोभिन्स २ मा सुभेक्षा लामा, प्रोभिन्स ३ मा प्रिन्सा आचार्य, प्रोभिन्स ४ मा दिक्षा थापा मगर र प्रोभिन्स ५ मा पुजा वस्याल विजेता धोषित भएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.