काठमाडौँ। नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुखआतिथ्यतामा भर्चुअल माध्यमबाट एक समारोहको आयोजना गरी गणेशप्रसाद भट्टराई स्मृति ग्रन्थ लोकार्पण सम्पन्न गरियो । स्मरणीय छ,बारा जिल्लाका तत्कालिन बहालवाला प्रजिअ गणेशप्रसाद भट्टराई र ससस्त्र प्रहरीका एसपि बलरामपोखरेल सवार जीप २०७५ सालमाघ १२ गते अस्वभाविक तरिकाले दुर्घटनामा पर्दा एस पि पोखरेलको घटनास्थलमा नै र प्रजिअ भट्टराईको उपचारको क्रममा २०७५ फाल्गुण ६ गते निधनभएको थियो ।
कर्तन्व्य परायण राष्ट्रसेवकगणेशप्रसाद भट्टराईको संझनामा गठन गरिएको गणेशप्रसाद भट्टराई स्मृति प्रतिष्ठानद्वारा आयोजित उक्तकार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव एवम् आजीवन प्राज्ञडा. तुलसीप्रसाद भट्टराईले गरेका थिए । वरिष्ठ समालोचक प्रा.डा. कुमारप्रसाद कोइरालाले ग्रन्थका बारेमा समालोचनात्मक टिप्पणी गरेका थिए भने पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. खगेन्द्रप्रसाद भट्टराई लगायतकावक्ताहरूले गणेशप्रसाद भट्टराईको बहुआयमिकव्यक्तित्व र उनि संगका सहकार्यका अनुभूतिहरूका बारेमा चर्चा गरेका थियो ।