अलिफ खानको ‘छायाँ भेटाइदेउ’ सार्वजनिक (भिडियो)



काठमाडौँ। नेपाली सुगम संगीतमा अदृस्य संगीतकार तथा गायक प्रभावन जेको शब्द संगीत र प्रस्तुतिमा अलिफ खानको आवाजमा रहेको ‘छायाँ भेटाइदेउ’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतको भिडियोमा अलिफ खान संगै संगीतकारहरु सन्जिब बराइली, गोपाल घतानी, भुवन गन्धर्व, र मनिष गन्धर्वको साथ रहेको छ।

सार्वजनिक गीतमा संगीत संयोजन प्रभावन जेकै रहेको छ भने सन्जिब बराइलीले गितार, गोपाल घतानीले बासुरी, भुवन गन्धर्वले ढोलक, तबला, डफ आदि रिदमको कार्य गरेका छन् भने युवा सारंगी बादक मनिष गन्धर्वले सारंगीको आवाज भरेका छन् ।

डि ए आर मुभिज अफिसियल च्यानलबाट सार्वजनिक गरिएको गीतको रेकर्डिङ्ग एक्शन स्टुडियो नेपालमा भएको हो, मिक्सिंग मस्टेरिंग गोबिन्द सोनी को रहेको छ। भिडियोमा छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईं, सम्पादन कृष्ण गौतम र भिडियोको निर्देशन प्रभावन जे स्वयंले गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.