स्वरूप र अस्मिताको ‘माया गर्ने मान्छे’ लाई दर्शक श्रोताको माया (भिडियो)



काठमाडौँ। गायक स्वरूप राज आचार्य र गायिका अस्मिता परियारको स्वरमा रहेको गीत ‘माया गर्ने मान्छे’ लाई दर्शक श्रोताले रुचाएका छन्। यु ट्युबमा भिडियो सार्वजनिक भएको पाँच दिनमा पन्ध्र लाख भन्दा बढी भ्युज पाएको छ। आधुनिक मेलोडियस गीतको भिडियोलाई दर्शकहरुले उत्कृस्ट प्रतिक्रिया दिएका छन्। डान्सिङ्ग नम्बर र रोमान्टिक गीतहरुको भिडियो सार्वजनिक बहेको छोटो समयमा भ्युज जाने र आधुनिक गीत हरुको भ्युज बिस्तार जाने गर्दथे तर यो गीतले सार्वजनिक बहेको छोटो समयमा नै दर्शकको माया पाएकोले आफु उत्साहित भएको गायिका अस्मिताले बताईन्।

गीतमा अनिल शाहीको संगीत तथा गौतम डंगोल( सन्देश ) को शब्द रचना रहेको छ। ब्लुबेरी स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन प्रमोद परियारको रहेको छ। दिपेश सापकोटाको निर्देशन रहेको भिडियोलाई बिशाल (माइलो) ले छायाँकन तथा उज्जवल ढकालले सम्पादन गरेका छन्। भिडियोमा सुरक्षा पन्त र रोचक जोशी फिचर्ड छन्। यस अघि पनि थुप्रै गीतमा स्वर दिई सकेकी अस्मिताले चलचित्रमा पार्श्व गायन समेत गरि सकेकी छिन्। भिडियो ट्री इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.