स्वरूप र अस्मिताको ‘माया गर्ने मान्छे’ मा सुरक्षा र रोचकको रोमान्टिक अवतार (भिडियो)



काठमाडौँ। गायक स्वरूप राज आचार्य र गायिका अस्मिता परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘माया गर्ने मान्छे’ बोलको गीतमा अनिल शाहीको संगीत तथा गौतम डंगोल( सन्देश ) को शब्द रचना रहेको छ। ब्लुबेरी स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन प्रमोद परियारको रहेको छ।

दिपेश सापकोटाको निर्देशन रहेको भिडियोलाई बिशाल (माइलो) ले छायाँकन तथा उज्जवल ढकालले सम्पादन गरेका छन्। भिडियोमा सुरक्षा पन्त र रोचक जोशी फिचर्ड छन्। अडियो र भिडियो दुवै उत्कृस्ट बनेको कारण दर्शक श्रोताले मन पराउनेमा आशावादी रहको गायिका अस्मिता परियारले बताइन। यस अघि पनि थुप्रै गीतमा स्वर दिई सकेकी अस्मिताले चलचित्रमा पार्श्व गायन समेत गरि सकेकी छिन्। भिडियो ट्री इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। ट्री इन्टरटेन्टमेन्ट यस अघि थुप्रै म्युजिक भिडियो तथा चलचित्र ‘बाग्मती’ र ‘एउटा यस्तो प्रेम कहानी’को निर्माण गरि सकेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.