०७७ सालको संगीत समीक्षा : सबैभन्दा बढी कमाउने गायिकामा परिन सरिता भारती



सेलिब्रेटी नेपाल
काठमाडौं, ३० चैत
कोरोनाको महामारीको कारण बिगतको तुलनामा यो वर्ष अर्थात २०७७ साल नेपाली सँगीत बजार बिगतको तुलनामा केही कमजोर रह््यो । तथापि केही कलाकारहरुले २०७७ सालमा राम्रो आम्दानी गरेका छन् । वर्षको उत्कृष्ट आम्दानी गर्ने ७ जना गायिकाहरुमा गायिका सरिता भारती पहिलो नम्बरमा पर्छिन ।
उनले २०७७ सालमा स्टेज प्रस्तुति, सिडी, डिभिडी, सिआरबिटी, पिआरबिटी, डिजिटल राईट्स, ब्रान्ड एम्बेस्डर, बिज्ञापनबाट उनले गायिकाको रुपमा २०७७ साल भरीमा १५ लाख ५७ हजार रुपैयाँ कमाएकी छिन् । यो कमाईबाट उनी वर्षको सबैभन्दा बढी कमाउने गायिकाको रुपमा पर्छिन ।
कोरोनाको महामारी बीचमै २०७७ जेठमा उनको नयाँ गीत देशै रोयो कोरोना…ले बजारमा आयो । कोरोनाको महामारीमा भएको लकडाउनमा सबै घर भएको बेला गायिका सरिता भारतीलाई बोलाएर निकै महँगो पारिश्रमिकमा यो गीत रेकर्ड गराईयो । गीतकार सागर प्रधानको शब्द, महेश पाण्डेको सँगीत यसमा थियो । यो गीतलाई निकै रुचाईयो ।
यस्तै गायिका भारतीको २०७७ सालमै तीज गीत रातो सारी लरक्कै…, पहिलो भेटमै…, बजाई देउन बाजा…, यसपालीको दशैं…, सेती बगर…, हे गाजली… जस्ता चर्चित गीतहरु बजारमा आए । यी गीतहरुबाट उनी वर्षको उत्कृष्ट गायिका बन्न सफल भईन् । यसरी २०७७ सालमा गायिकाहरुको सूचीमा सरिता भारती सबैभन्दा बढी कमाउनेमा पहिलो नम्बरमा रहिन् ।

यस्तै नयाँ पुस्ताबाट चर्चामा रहेकी गायिका एलिना चौहान २०७७ सालमा दोश्रो स्थानमा रहिन् । उनका पनि केही चर्चित गीतहरु बजारमा आए । उनको गीतहरु पनि श्रोताको रोजाईमा यो वर्ष पर्यो ।

२०७७ सालमा कमाईको हिसाबले उत्कृष्ट ७ भित्र पर्ने गायिका हुन सुजता केसी । उनी तेश्रो स्थानमा परेकी छिन् । सुजाताले पनि कोरोनाका महामारी बीच पनि केही गीत ल्याईन् । उनी व्यसबायिक रुपमा केही सफल पनि भईन् । उनी उत्कृष्ट चार भित्र पर्छिन ।

यसैगरी यो वर्ष कमाईको हिसाबले चौथो स्थानमा पर्ने गायिकामा सत्यकला राई पर्छिन । उनले पनि २०७७ सालमा राम्रा गीत बजारमा ल्याईन । उनका गीतहरु पनि दर्शकले निकै रुचाए ।

यस्तै २०७७ सालमा कमाईको हिसाबले पाँचौं स्थानमा गायिका सारिका घिमिरे पर्छिन । उनले कोरोनाको महामारी बीच पनि डान्सिङ गीत ल्याईन ।

यसै गरी २०७७ सालमै कमाईको हिसाबले छैटौं स्थानमा गायिका केन्जुमा सुब्बा परेकी छिन् । कोरोनाको महामारीमा पनि गायिका सुब्बाले केही चर्चित गीतहरु बजारमा ल्याईन् ।

यस्तै २०७७ सालमा सातौं स्थानमा पर्ने गायिका लक्ष्मी पुरी प्रधान हुन् । वर्षभरीमा उनका पनि केही राम्रा गीत आएका छन् । कोरोना महामारीमा पनि उनले सफल गीत बजारमा ल्याईन् । नेपालमा गायिकाहरु मध्ये कमाईको हिसाबले उनी सातौं स्थानमा पर्न सफल भएकी छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.