डिसीको निर्देशनमा युगकवि सिद्धिचरण श्रेष्ठको ‘मेरो प्यारो ओखलढुंगा’ (भिडियो)



काठमाडौँ। युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्तिको अवसर पारेर आज युगकविको रचना एवं स्वरसम्राट नारायण गोपालको स्वर तथा संगीत रहेको गीत ‘मेरो प्यारो ओखलढुंगा’ को भिडियो सार्वजनिक गरिएको छ ।

युगकवि सिद्धिचरण प्रतिष्ठानको निर्माण रहेको उक्त गीतको भिडियोलाई निर्देशक दिनेश डिसीले तीन वर्ष अघि निर्देशन गरेका थिए । युगकविको वारेमा अध्ययन गर्न चाहने दुई विद्यार्थीको युगकविको जन्मस्थलसम्मको खोजमुलक यात्रालाई प्रस्तुत गरिएको गीतमा समीक्षा पोखरेल, महेश खड्का र दिनेश डिसीको अभिनय रहेको छ । सुरेश घिसिङ्गले छायाँकन गरेको भिडियोलाई सत्य नेपाल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.