जापानको लागि पर्यटन दुतमा राजन पौडेल नियुक्त



काठमाडौँ। नेपाल सरकार पर्यटन, संस्कृती तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन बोर्डले जापानका लागि पर्यटन दुत मा राजन कुमार पौडेललाई नियुक्त गरेको छ । स्याङ्जा जिल्लाको टक्सारमा जन्मेर बसाईं-सराईको क्रममा सानै उमेर देखि पोखरामा पढे-हुर्केका राजनले त्रिभुवन विश्वबिधालय पृथ्वीनारायण क्याम्पस पोखराबाट स्तानक तह र त्रिभुवन विश्वबिधालयकै काठमाण्डौ किर्तीपुर क्याम्सबाट स्नातकोत्तर तह प्रथम श्रेणीमा पास गरेका छन।

राजनले नेपालमा रहँदा नेपाल सरकारको बिषेश अनुसन्धान ब्युरोमा करीब ५ बर्ष अनुसन्धान अधिकृतको रुपमा पनि काम गरेका थिए। उक्त बेला उनको बाहिर देखाउने पेशा भने रेडियो प्रस्तोता, टेलिभिजनका कार्यक्रम संचालक तथा अभिनेता थियो। त्रिभुवन युनिभर्सिटीमा मास्टर्स टप गरेपछि छात्रवृतिमा जापानको नागोया युनिभर्सिटीमा पिएचडीको लागि रिसर्चरको रुपमा रहदै गर्दा, उनका प्रोफेसरको अनुरोधलाई आत्मसाथ गरी पढाईलाई त्यतिकै बिटो मारी जाइका ( जापान अन्तराष्ट्रिय सहयोग नियोग) मा काम गर्न शुरु गरे ।

काम कै सिलसिलामा जाइकाको आउटसोर्सिङ कम्पनिहरुको बिबिध प्रोजेक्ट हरुमा पनि राजनले प्रोजेक्ट को-अर्डिनेटरका रुपमा संसारका बिभिन्न देशहरुमा काम गरिसकेका छन । बिश्वका १२२ वटा देशहरुमा पुगिसकेका राजनले जापान सरकारको अध्यागमन बिभाग, प्रहरी प्रशासन, परराष्ट्र, रक्षा, सँस्कृती तथा पर्यटन मन्त्रालयका बिबिध परियोजनाहरुमा समेत काम गरेको अनुभब छ । २०१७ देखि २०१९ को २ बर्षे कार्यकालमा एनआरएनएको केन्द्रिय कमिटीमा समेत रहेर समाजसेवी कामहरु पनि गरेका राजन हाल जापान सरकारको बजेट मार्फत प्यासिफिक कन्सलटेन्ट भन्ने कम्पनिबाट नेपाल, भारत, बंगलादेश र म्यानमार र भियतनाममा बिभिन्न प्रोजेक्टहरु गरिरहेका छन ।

जापान सरकारको बिभिन्न सरकारी तथा गैर-सरकारी क्षेत्रहरुमा सिधा सम्पर्क र सक्रियता रहेका राजनलाई उनको कार्यदक्षता र उनले नेपालको लागि गरेका कामहरुको समेत मुल्याङकन गरी नेपाल सरकार पर्यटन, संस्कृती तथा नागरिक उड्डयन मन्त्रालयको नेपाल पर्यटन बोर्डले जापानका लागि पर्यटन दुतमा नियुक्त गरेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.