सुगम पोखरेलको ‘तिम्रो लागि’ सार्वजनिक (भिडियो)



काठमाडौं। गायक सुगम पोखरेल एउटा नयाँ सुमधुर गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । चलचित्रको पाश्र्व गायनमा समेत अत्यन्त रुचाइएका यी गायक स्थापित गीतकार मनिष वशिष्ठद्वारा रचना गरिएका शब्दहरुको गीत ‘तिम्रो लागि‘’ मार्फत स्रोतामाझ आएका हुन् । अमेरिकामा बसोबास गरिरहेका गीतकार वशिष्टले पनि यसपटक फरक शैलीको गीतका लागि शब्दहरु रचना गरेका छन् ।

सार्वजनिक गीतमा संगीतकार कल्याण सिंहको संगीत रहेको छ । रिदम कँडेल यो गीतका संगीत संयोजक हुन् भने प्रदीप जोशी यो गीतका साउण्ड इन्जिनियर हुन् । गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । गम्भिर विष्टको अवधारणा तथा पटकथामा तयार भएको यो भिडियोमा गम्भिर विष्ट तथा गीता ढुंगाना फिचर्ड छन् ।

नवराज उप्रेतीद्वारा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोमा सुबोल थापाको कोरियोग्राफी तथा सहनिर्देशन छ भने नबिन निरौलाको सम्पादन, भिएफएक्स तथा रंग संयोजन छ। गम्भिर विष्टले यो भिडियोलाई निर्देशन गरेका हुन् । यो भिडियो एमबि क्रिएसनको यूट्युब च्यानलमा अपलोड गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.