मनिषा कोइरालाको ‘महामृत्युंजय मंत्र’ सार्वजनिक



काठमाडौँ। बलिउड अभिनेत्री तथा लेखक मनिषा कोइरालाले महाशिवरात्रीको अवसरमा ‘महामृत्युंजय मंत्र’ सार्वजनिक गरेकी छन् ।

महामृत्युंजयमा मनिषासँगै सुरेन्द्र श्रेष्ठ (सुर-सुधा) र सरस्वती खत्रीको स्वर छ । परम्परागत शब्दमा तयार गरिएको महामृत्युंजयमा संस्कृत शब्द छन् ।

यो महामृत्युंजय सुरेन्द्र श्रेष्ठले कम्पोज गरेका हुन् । राजीव श्रेष्ठको सितार, प्रेम रानाको बाँसुरी र बिकास सिंहको गितार हामीले महामृत्युंजयमा सुन्न सक्छौँ ।

मानिस अस्वाभाविक मृत्युबाट बच्न र राम्रो स्वास्थ्यको लागि यो मन्त्र तयार गरिएको गायिका मनिषाले जानकारी दिइन । ‘यसलाई पश्चिमी र पूर्वी संगीतमा एरेञ्ज गरेका हौँ ।’ मनिषाले भनिन ।

टाइम्स म्युजिक स्प्रीचुअल युट्युब च्यानलबाट सार्वजनिक मन्त्रको भिडियो निर्देशन र सम्पादन अनुप सापकोटाले गरेका हुन् । भने, उज्ज्वल जोशी र जावेद खानले यो मन्त्र छायांकन गरेका हुन् । दीप तुलाधरले रेकर्ड गरेको यस मन्त्रको भिडियो श्री पशुपतिनाथ र पाटन दरबार क्षेत्रमा खिचिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.