(सेलिब्रेटी नेपाल) २५ बैशाख-एउटा साघुँरो कोठाभित्र कुण्ठित रहने सेक्सको बिषयलाई मुख्य रुपमा उठान गरेको चलचित्र ‘साघुँरो’ यहि सुक्रबार बाट प्रदर्शनमा आउन लागेको छ । दमित अवस्थामा राखिएको आकांक्षाले आकार लिन खोज्दा व्यक्तिको चरित्र र मनोदशामा पर्ने द्वन्द्व र मनोदशालाई चलचित्रले उठान गर्न खोजेको छ । चलचित्रमा सुशांक मैनाली, दिया मास्के, अरुणा कार्की, दयाहाङ राई, रवी गिरी लगायतका कलाकारको अभिनय रहेको छ । बिनोद पौडेलको कथा तथा पटकथा रहेको यो चलचित्रलाई जोएश पाण्डेले निर्देशन गरेका हुन् । समिर मैनालीको निर्माणमा तयार भएको चलचित्रमा सुशान्त प्रजापतीको छायांकन, अजय खड्काको सम्पादन रहेको छ ।काठमाण्डौ फराकिलो सडकको दृष्यबाट सुरु हुने यो चलचत्रिको कथा एउटा सानो कोठामा भौतिक र मानसिक द्वन्द्वले निम्त्याएका परिणाममा पुगेर सकिने निर्माणपक्षले बताएको छ । अब साँघुरो कति फराकिलो हुन्छ त्यो थाहा पाउन अब केहि दिन कुर्नु पर्ने छ ।
सम्बधित पोस्टहरु
‘माग्ने राजा’ टिजरको प्रतिक्रियाले उत्साहित केदार घिमिरे
काठमाडौँ। अभिनेता केदार घिमिरेले ‘माग्ने राजा’ टिजरको प्रतिक्रियाले उत्साहित बनाएको प्रतिक्रिया दिएका छन् । सिनेमाकर्मी र दर्शकबाट प्रशंसा पाएका उनले टिजरले अपेक्षित प्रतिक्रिया पाएकोमा प्रशन्नता व्यक्त गरेका छन् ।...
‘जनै हराएको मान्छे’ले खोल्नेछ विजय बरालको स्टारडमको अर्को अध्याय?
काठमाडौं । केही समयअघिसम्म सहायक भूमिकामा देखिने विजय बराल अहिले नेपाली सिनेमामा सबैभन्दा धेरै चर्चा कमाउने अनुहारमध्ये एक बनेका छन्। विशेषगरी ‘पूर्ण बहादुरको सारंगी’मा उनको अभिनयले दर्शकको मन जितेपछि उनीप्रति विश्वास र चासो दुवै...
‘लडाइँ पहिचानको’ मंसिर ५ देखि देशभर, पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक
काठमाडौँ। भीम लामा फिल्मस्को ब्यानरमा निर्माण गरिएको चलचित्र ‘लडाइँ पहिचानको’ ले आफ्नो पहिलो पोस्टरसँगै औपचारिक रुपमा प्रदर्शन मिति सार्वजनिक गरेको छ। फिल्म मंसिर ५ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। नयाँ सार्वजनिक पोस्टरमा...
चलचित्र ‘कुम्भ’ को प्रदर्शन मिति तय
काठमाडौं। चलचित्र ‘कुम्भ’ को प्रदर्शन मिति तय भएको छ। लामो समयदेखि म्युजिक भिडियो निर्देशन र चलचित्र छायांकनमा सक्रिय निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र मंसिर १२ गतेदेखि देशभर रिलिजमा आउनेछ। ए रस...
चलचित्र ‘रियाल रिङ्गेट’को दोस्रो गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ सार्वजनिक
काठमाडौ। नेपाली चलचित्र ‘रियाल रिङ्गेट’को दोस्रो गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ सार्वजनिक गरिएको छ । आगामी श्रावण १६ गते प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रले वैदेशिक रोजगारीको मुद्दालाई मुख्य विषयवस्तु बनाएको छ, जुन गीतको...
‘यो मन त मेरो नेपाली हो’ संसारभरका नेपालीका लागि उपहार हो – निर्देशक प्रधान
काठमाडौँ। नेपाली जीवन मुग्लाने जीवन हो। यही मुग्लाने जीवनले नेपालीहरूलाई संसारका कुनाकुनासम्म पुर्याएको छ। नेपालबाहिर रहेका नेपालीहरूले नेपाललाई सधैं पितृभूमिका रूपमा मनमा सजाएका छन्। नेपाली भाषा, संस्कृति र संस्कारले...