प्रभू गुरुङ लण्डनमा बसेर कलाकारितामा सक्रिय



काठमाडौँ। चितवन ११ भरतपुरका प्रभू गुरुङ हाल लण्डन यूकेमा बसोवास गर्दै आएका छन् । सानै देखी नाचगानमा औधि रुची भएका उनी नायक दिलिप रायमाझीलाई प्रेरणाको स्रोतका रुपमा लिन्छन् । उनले तीनवटा गुरुङ चलचित्रमा नायकको भूमिका निर्वाह गरेका छन्, भने सोल्टिराजा छ्याबारानी नानु २ मा पनि काम गरेकाछन् । एक दर्जन नेपाली चलचित्रहरुमा निर्देशन गरिसकेका उनले चर्चित नृत्य निर्देशक बसन्त श्रेष्ठ, कमल राई, प्रदिप श्रेष्ठ, गोबिन्द प्रभातहरुसंग सहायक नृत्य निर्देशकको रुपमा काम गरेका गरिसकेका छन् ।

करिब दुई दर्जन म्युजिक भिडियोहरुमा अभिनय गरेका गुरुङले दुई दर्जन भन्दा बढी भिडियोहरुमा कोरियोग्राफि साथै निर्देशन गरिसकेका छन् । नेपाल बेलायत गरी थुप्रै स्टेज सोहरुमा कलाकारिता देखाई सकेका उनले अहिले आफैबाट सञ्चालित नेपाली डान्स ग्रुप यूकेबाट बेलायतको बिभिन्न शहर समाजहरुमा आफ्नो नृत्यकला पनि प्रस्तुत् गरिसकेका छन् ।

गीत गाउँने पनि रहर भएको र बिभिन्न कार्यक्रममा गाउदै गर्दा हाल ३ वटा आफ्नै आवाजमा रेकर्ड गरी बजारमा ल्याउने तयारी गरिरहेका छन् । बेलायतको व्यस्त निर्देशक गुरूङ म्यूजिक भिडियो निर्देशनका साथसाथै गायन क्षेत्रमा पनि अग्रसर भएका छन् । श्रीमती पुस्पा गुरुङ पनि कुशल नृत्याङगना रहेको र अहिले हरेक म्युजिक भिडियोमा मेकअप आर्टिस्टको रुपमा काम गर्दै कर्मलाई अगाडि बढाउदै छन् ।

प्रभू गुरूङले निर्देशन गरेकाे म्यूजिक भिडियाे ‘तिमी र म’ दशर्कहरूमाझ सावर्जनिक भएकाे दुइ हप्तामै राम्राे भ्यूज पाएकाे बेलायतकै पहिलाे म्यूजिक भिडियाे हाे । ‘तिमी र म’ बाेलकाे म्यूजिक भिडियाे डीजी प्रोडक्सन यूके डिजिटल साउण्ड एण्ड भिजन युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।

बेलायतका पहिलो नेपाली काउन्सिलर धन किरण गुरुङको स्वर, शब्द, साथै संगीत रहेको अती नै मिठो गीत “तिमी र म” डीजी प्रोडक्सन यूके डिजिटल साउण्ड एण्ड भिजन युट्युव च्यानलबाट रिलिज भएकाे थियाे । यसको निर्माता श्रीमती अल्का गुरुङ हुन्, भिडियोमा नायक ध्रुव दत्त र मोडेल रिया लिम्बुले अभिनय गरेका छन् । ‘तिमी र म’ बाेलकाे म्यूजिक भिडियाेको क्यामरामा सुमन श्रेष्ठ, ईडिटर सुसिल गुरुङ, मेकप आर्टिस्ट श्रीमती पुष्पा गुरुङ साथै कलर ग्रेडिङमा नबिन निरौला रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.