सञ्जिवको नयाँ गीत ‘यसरी नहेर मलाई’ सार्वजनिक (भिडियो)



काठमाडौं । गायक सञ्जिव पराजुलीको नयाँ गीत ‘यसरी नहेर मलाई’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा होमनाथ न्यौपानेको शब्द, सचिन सिंहको संगीत तथा गोपाल रसाइलीको एरेन्ज छ ।

द भ्वाइस अफ नेपालको स्टुडियोमा छायांकन गरिएको भिडियोमा गायक सञ्जिव फिचर्ड छन् । भिडियोमा वाद्यवादकहरु कृपेश ढकाल, एलेक्स डी प्रसन्न, अदित मगर र विक्रम थापालाई पनि देख्न सकिन्छ । गीतले एक युवती प्रति एक युवकको प्रेमभावलाई व्यक्त गरेको छ ।

लक्ष्मण पौडेलले निर्देशन गरेको भिडियोमा अर्जुन तिवारी एण्ड टिमको छायांकन, सोहन मानन्धरको सम्पादन रहेको छ ।

गायक पराजुलीका ‘कर्के नजर’, ‘नाइँ मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’, ‘छैन मलाई पीर’, ‘झिलमिल झिलमिल’, ‘त्यो सपना’, ‘तिमी मलाई मन पर्छ’, ‘चाहनामा’ गीत रुचाइएका गीतमा पर्छन् ।