राष्ट्रिय झण्डा जलाउने ९ जना पक्राउ



काठमाडौँ। सोमवार यूट्युबमा सार्वजनिक भएको ‘देशद्रोही’ बोलको गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा प्रहरीले ९ जनालाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा गीत गाउने ग्याल्जोम दोर्जे तामाङ्ग सहित अभिनय र सम्पादक गर्ने व्यक्तिसम्म छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गायक तामाङलाई कीर्तिपुरबाट पक्राउ गरेको हो । उक्त म्युजिक भिडियोको करिब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य आउँछ । भिडियो मकवानपुरको बागमति गाउँपालिका–३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको हो ।

भिडियो सार्वजनिक भएसँगै यस्तो कार्य गर्नेलाई कारवाही गरिनुपर्ने माग सामाजिक संजालमा चर्को रुपमा उठेको थियो । मुलुकी अपराध संहिता २०७४ मा राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गरेमा कानुन अनुसा र ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुने व्यवस्था छ । मुलुकी अपराध संहिताले देशको अपमान गर्ने गरी राष्ट्रिय झण्डा जलाउनुलाई दण्डनीय अपराधको रुपमा व्याख्या गरेको छ । मुलुकी अपराध संहिताको दफा १५१ मा यससम्बन्धी व्यवस्था छ ।

यो पनि पढ्नुस :
भिडियोको स्क्रिनसट भाइरल,राष्ट्रिय झण्डा जलाउनेलाई कस्तो सजाय हुन्छ ?