अमिताभकी श्रीमती, बुहारी र नातिनीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ


काठमाडौं। बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना पोजेटिभ देखिएको छ। कोरोना पोजेटिभ देखिएपछि दुबैलाई अस्पताल भर्ना गरेर गरिएको छ।

अभिनेता अमिताभ आफैंले शनिबार सामाजिक सञ्जालमा लेखेर आफूलाई कोरोना देखिएको जानकारी गराएका थिए। अमिताभपछि उनका छोरा अभिषेकले पनि सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी गराएका छन्। ७७ वर्षीय अभिनेता अमिताभ र ४४ वर्षिय अभिषेकमा कोरोना पुष्टि भएको खबर सार्वजनिक भएसंगै बलिउडका धेरै कलाकार, प्रशंसकमात्र नभएर नेपाली कलाकार तथा प्रशंसकहरूले समेत उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

यो पढनुहोस्

जया, ऐश्वर्या र आराध्याको कोरोना रिपोर्ट नेगेटिभ


अमिताभलाई कोरोना पुष्टि भएपछि परिवारका सबै सदस्य तथा कर्मचारीको कोरोना परिक्षण गरिएको थियो। जसमा छोरो अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भयो। त्यस्तै जया बच्चन, ऐश्वर्या राय बच्चन  र आराध्या बच्चनको कोरोनाभाइरस रिपोर्ट भने नेगेटिभ आएको छ।

भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले जया, ऐश्वर्या र आराध्याको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.