बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि


काठमाडौं। बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पोजेटिभ देखिएको छ। अमिताभ स्वयंमले आफ्नो ट्वीटरमा एक ट्वीट पोष्ट गर्दै यो कुराको जानकारी दिएका हुन्। शनिबार साँझ आफूलाई कोरोना पोजेटिभ भएको पाएसँगै अस्पताल भर्ना भएको पनि उनले जनाएका छन्।

उनलाई उपचारका लागि मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

अमिताभले ट्वीटरमार्फत पारिवारको सदस्य र अन्य स्टाफहरुको परीक्षण प्रक्रिया अघि बढिसकेको र नतिजा पर्खाइमा रहेको पनि जनाएका छन्। उनले आफूलाई विगत १० दिनयता भेट्ने सबैलाई कोरोना परिक्षण गर्न आग्रह समेत गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.