बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन लाई फ्रान्स बाट निम्तो


बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र फ्रान्स सरकारबीच आपसी प्रशंसा क्लब नै गठन भएजस्तो छ। उनलाई फ्रान्समा आयोजना हुँदै आएको क्यान्स फिल्म फेस्टिबलको रेड कार्पेट स्वागतमा नियमित रुपमा देखिँदै आएको छ भने केही समयअघि मात्र ऐश्वर्यालाई फ्रेन्च सरकारले उनको कलाको योगदानको कदर गर्दै सिभिलियन अवार्डसमेत प्रदान गरेको थियो। सन् २०१३ को उत्तराद्र्धतिर आयोजना हुने यसपालिको क्यान्स फिल्म फेस्टिबलमा उनलाई विशेष निम्तो पठाइएको उनी निकट समाचार सूत्रलाई उद्धृत गर्दै एजेन्सीले जनाएको छ। यसपालि सो फेस्टिबलले भारतीय सिनेमाको १ सयौं वर्षगाँठ पनि मनाउन लागेको छ। भारतका लागि फ्रेन्च राजदूत फ्रान्स्वाँ रिचियरले ऐश्वर्याको उक्त फेस्टिबलसंँगको सामीप्यताका कारण फ्रान्समा उनको सधैं स्वागत हुने बताएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.