बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र फ्रान्स सरकारबीच आपसी प्रशंसा क्लब नै गठन भएजस्तो छ। उनलाई फ्रान्समा आयोजना हुँदै आएको क्यान्स फिल्म फेस्टिबलको रेड कार्पेट स्वागतमा नियमित रुपमा देखिँदै आएको छ भने केही समयअघि मात्र ऐश्वर्यालाई फ्रेन्च सरकारले उनको कलाको योगदानको कदर गर्दै सिभिलियन अवार्डसमेत प्रदान गरेको थियो। सन् २०१३ को उत्तराद्र्धतिर आयोजना हुने यसपालिको क्यान्स फिल्म फेस्टिबलमा उनलाई विशेष निम्तो पठाइएको उनी निकट समाचार सूत्रलाई उद्धृत गर्दै एजेन्सीले जनाएको छ। यसपालि सो फेस्टिबलले भारतीय सिनेमाको १ सयौं वर्षगाँठ पनि मनाउन लागेको छ। भारतका लागि फ्रेन्च राजदूत फ्रान्स्वाँ रिचियरले ऐश्वर्याको उक्त फेस्टिबलसंँगको सामीप्यताका कारण फ्रान्समा उनको सधैं स्वागत हुने बताएका छन्।
सम्बधित पोस्टहरु
सुनिल थापाको निधनले प्रियङ्का चोपडा स्तब्ध
काठमाडौं। नेपाली चलचित्र क्षेत्रका दिग्गज अभिनेता सुनिल थापाको असामयिक निधनले अन्तर्राष्ट्रिय स्तरकी अभिनेत्री प्रियङ्का चोपडालाई गहिरो रूपमा छोएको छ। बलिउडको चर्चित बायोपिक चलचित्र ‘मेरी कोम’ (२०१४) मा गुरु–शिष्यको भूमिकामा...
‘ब्याटल अफ गलवान’गीतमा सलमान संगै देखिए अनुप बिक्रम
एजेन्सी। फिल्म ‘ब्याटल अफ गलवान’मार्फत अभिनेता अनुप विक्रम शाहीले बलिउडमा पाइला टेक्ने खबर सार्वजनिक भएसँगै उनको भूमिकालाई लिएर चर्चा चुलिएको थियो । केहीले उनलाई सलमान खानको वरिपरि देखिने सानो भूमिकामा मात्र सीमित हुने अड्कल...
थलापति विजयको अन्तिम सिनेमा ‘जन नायगन’ को ट्रेलर सार्वजनिक
काठमाडौं । एच विनोदको निर्देशनमा निर्माण भएको तमिल सिनेमा ‘जन नायगन’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार साँझ सार्वजनिक गरिएको सिनेमाको ट्रेलरमा तमिल सुपरस्टार थलापति विजयको दमदार एक्सन अवतार देख्न सकिन्छ । यो सिनेमालाई...
रणवीर सिंहको ‘धुरन्धर’ नेपालमा श्याडो पिक्चर्सले वितरण गर्ने
काठमाडौं । नेपाली चलचित्र वितरण क्षेत्रमा छोटो समयमा नै आफ्नो पहिचान बनाउँदै अघि बढिरहेको ‘श्याडो पिक्चर्स’ले अन्तर्राष्ट्रिय फिल्म बजारमा पनि प्रभावशाली उपस्थिति जनाउन थालेको छ। बलिउडको प्रतिक्षित एक्सन–थ्रिलर फिल्म ‘धुरन्धर’ को...
धर्मेन्द्र अस्पतालबाट घर फर्किए
एजेन्सी । बलिउड अभिनेता धर्मेन्द्र बुधबार अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । उनलाई छोरा बबी देओलले घर लगेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्वास्थ्यमा समस्या उत्पन्न भएपछि धर्मेन्द्रलाई...
६० बर्षमा लागे शाहरुख,५० रुपैयाँबाट सुरु भएको यात्रा आज विश्वकै धनी अभिनेता
काठमाडौँ। बलिउडका बादशाह शाहरुख खान आज ६० वर्षमा प्रवेश गरेका छन्। सन् १९६५ नोभेम्बर २ मा दिल्लीमा जन्मेका उनी बाल्यकालमा सेनामा जाने सपना देख्थे। खेलकुदमा अब्बल रहेका उनी आफ्नै कलेजका हकी कप्तान पनि थिए, तर एक चोटपटकले उनको...


